रेड पाण्डाको छालासहित कपनबाट चारजना पक्राउ

गुगलपाटी संवाददाता
१३ फाल्गुन २०७६ १०:२१

हेटौंडाः प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चारजनालाई पक्राउ गरेको छ। काठमाडौं कपनस्थित खरिबोटबाट सिन्धुलीको तिनपाटन गाउँपालिकाका सूर्य भुजेलसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा भुजेलसहित सुक बहादुर लामा, कमला तामाङ र युवराज सापकोटा रहेका छन्। उनीहरुले रेड पाण्डाको छाला अवैधरुपमा विक्रीका लागि हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन्। प्रहरीका अनुसार सूर्यबहादुरले बोकेको कालो झोलाभित्र निलो प्लास्टिकमा बेरिएको अवस्थामा दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला एक थान भेटिएको छ। प्रहरीले उक्त छाला जिल्ला वन कार्यालय हात्तीसारमा पठाएको छ।
स्रोतः थाहाखबर

तपाईको प्रतिक्रिया