दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या २ हजार ३३७ पुग्यो
गुगलपाटी संवाददाता![](http://googlepati.com/wp-content/uploads/2020/02/corona-virus-nepal_4vy1ZrqHF0-1.jpg)
एजेन्सीः दक्षिण कोरियामा ५७१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। संक्रमति व्यक्तिको संख्या २ हजार ३३७ पुगेको छ। दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको समाचारमा जनाइएको छ। दक्षिण कोरियाको कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रको स्थानीय समयानुसार बिहानको १० र अपराह्न ५ बजे दुईपटक यस रोगको संक्रमित र मृतकको संख्यालाई अपडेट गराउँदै आएको छ। विश्वभरीमा कोरोनाबाट संक्रमित भएका व्यक्तिको संख्या करिब ८३ हजार पुगिसकेको छ र यसबाट चीन सबैभन्दा बढी प्रभावित भएको छ। गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान शहरबाट यस भाइरसको संक्रमण सुरु भएको थियो।
स्रोतः थाहाखबर