सन्दीप बने ट्‍वान्टी–२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

गुगलपाटी संवाददाता
१७ फाल्गुन २०७६ १०:३७

काठमाडौँ — सन्दीप लामिछाने ट्वान्टी–२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । शनिबार इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्ध उनले तीन विकेट लिँदै सय विकेट पूरा गरेका हुन् ।
शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले मलेसियाका विरनदीप जगजित सिंह, अनवर अरुद्दीन र खिजर हायात दुर्रानीको विकेट लिएर कीर्तिमानी बनाएका हुन्। उनले ७५ खेलमा १०१ विकेट लिएका छन्। उनले आफ्नो पहिलो ओभर मेडन राख्दै २ विकेट चड्काएका थिए। सन्दीपको बलिङमा मलेसियाका ३ जना ब्याट्म्यानलाई पवन सर्राफले क्याचआउट गराएका थिए ।
स्रोतः कान्तिपुर