नेकपा सचिवालय बैठक : राष्ट्रियसभामा गौतम कि खतिवडा

गुगलपाटी संवाददाता
१८ फाल्गुन २०७६ ०७:१३

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो। पार्टीभित्र राष्ट्रियसभा सदस्य सिफारिसको विषयले तीव्र विवाद आएपछि समाधानका लागि सचिवालयको बैठक बसेको हो। यसअघिको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णय गरेकोे थियो। तर, प्रधामन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिनुपर्ने अडान कसेपछि विवाद भएको थियो। नौ सदस्‍य रहेको नेकपाको सचिवालय सदस्यमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेताल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठले गौतमलाई नै राष्ट्रियसभामा लानुपर्ने अडान लिएका छन्। तर, प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेल अर्थमन्त्री खतिवडाको पक्षमा छन्। यस्तै, प्रधानमन्त्री ओलीनिकट मानिएका पार्टी महासचिव विष्णु पौडेलले यस विषयमा मुख खोलेका छैनन्। मुख्यतयाः प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच तीव्र विवाद परेपछि नेता नेपालले मध्यमार्गी भूमिका निर्वाह गरिरहेका छन्। नेता नेपालको पहलमा पार्टीभित्रको विवादमा समाधानको बाटो खोजिएको छ। राष्ट्रियसभामा गौतमलाई नै लगेर अर्थमन्त्रीमा खतिवडालाई नै दिइने र विवाद समाधानको बाटोमा सहमतिनजिक पुगेको नेकपानिकट स्रोतले बतायो। बैठकमा पार्टीभित्र देखिएका अन्य विवादित विषयमा पनि छलफल हुने बताइएको छ।
स्रोतः थाहाखबर