सरकार भ्रष्टचारको दलदलमा : वरिष्ठ नेता पौडेल
गुगलपाटी संवाददाताहेटौंडाः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विधान विपरित कार्य गरेको बताए । नेपाल प्रेस युनियन मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता पौडेलले भने : सभापति देउवा जि ले पद र पैसा बाढेर नेपाली कांग्रेसको महाधिवेशनलाई प्रभावित पार्ने काम गरेका छन्, जुन हामिलाई मान्य छैन । सभापतिले महाधिवेशन सकिएको कम्तिमा ६ महिनाभित्र गर्नुपर्ने काम अहिले आएर गरेको भन्दै उनले पद बाढ्ने, पैसा बाढने कामले कांग्रेसलाई घाटा पुग्ने धारणा ब्यक्त गरे ।
नेपाली कांग्रेस अहिले बलियो प्रतिपक्ष भएर संसदमा प्रस्तुत हुनुपर्नेमा आफै अलमलिएको भन्दै उनले सभापतिको ब्यवहारले पार्टीलाई अप्ठेरो परेको बताए । उनले सरकार भ्रष्टाचारको दलदलमा फसेको र भ्रष्टाचारीलाई जोगाउन स्वंयम प्रधानमन्त्रीनै अघि सरेको आरोप समेत लगाए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालाले पार्टी नेतृत्वको रबैया ठिक नभएको कारण कांग्रेस अप्ठेरो अवस्थामा आएको बताए । उनले पार्टीलाई बलियो बनाउनको लागि आफुहरु देश दौडाहमा लागेको समेत भनाई ब्यक्त गरे । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डाक्टर रामशरण महत लगायतका नेताहरुको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलन प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा भएको हो ।