फुटबलमा भविष्य नदेखेपछि विदेश पलायनः एलन न्यौपाने

गुगलपाटी संवाददाता
१८ फाल्गुन २०७६ ०७:५३

हेटौंडाः फुटबल खेलमा आफ्नो भविष्य नदेखेपछि नेपाली राष्ट्रिय फुटबल टोलिका सदस्य एलन न्यौपाने अष्ट्रेलिया उडेका छन् ।
विश्वकप छनौट टोलीको प्रारम्भिक टोलीमा परेका उनी शनिबार अष्ट्रेलिया उडेका हुन् । चाइनिज ताइपे र अष्ट्रेलियाविरुद्ध घरेलु मैदानमा हुने विश्वकप र एएफसी एसियन कप छनोटका लागि समेत प्रारम्भिक टोलीमा परेका उनी हाल च्यासलबाट ए डिभिजन खेल खेलेका थिए ।
फुटबलमा गोलकिपरको भूमिकामा राम्रो संभावना भएको भएपनि उनी रोजगारको लागि अष्ट्रेलिया गएका हुन् । सन् २०१३ देखि नियमित रुपमा ललितपुरे ए डिभिजन क्लव थ्रीस्टारमा आबद्ध रहेका न्यौपानेले केही समयअघि सम्पन्न कतार एअरवेज सहीद स्मारक ए डिभिजन लिग भने च्यासल यूथ क्लवबाट खेलेका थिए । उनी सन् २०१६ देखि राष्ट्रिय टिममा पर्दै बाहिरिँदै आएका थिए । उनले सन् २०१५ देखि हालसम्म २३ बर्ष मुनिको उमेर समूहको टिममा रहेर ५ अन्र्राष्ट्रिय खेल खेलिसकेका छन् । हेटौंडा–२ वनस्खण्डी स्थायी घर भएका न्यौपाने अखिल नेपाल फुटबल संघ ९एन्फा०को उत्पादन हुन् ।
उनले २०१८ को एएफसी यू २३ छनौट खेल समेत खेलेका थिए । एलन सन् २०१८ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० नेपालले जित्दाको सदस्य समेत रहेका थिए । विश्वकप तथा एएफसी एसियन कप छनौटका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जोहान कालिनले न्यौपानेसहित ३१ जनालाई पहिलो चरणको छनौटमा समावेश गरका थिए ।