बच्चा बोकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टर पौडेलको जिम्मेवारी खोसियो
गुगलपाटी संवाददाताहेटौंडाः बच्चा बोकेकी एक महिलालाई जथाभावी लाठी हान्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) को जिम्मेवारी खोसिएको छ ।
सानो बच्चालाई काखमा च्यापेर भागिरहेकी एक महिलालाई प्रहरीले पछाडिबाट अन्धाधुन्ध लाठी बर्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यस भिडियोमा लाठी हानिरहेको अवस्थामा देखिएका इन्सपेक्टर देवीप्रसाद पौडेलको जिम्मेवारी खोसिएको हो ।
पौडेल महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वमा कार्यरत थिए । उनलाई नेतृत्वबाट हटाएर सट्टामा नयाँ इन्स्पेक्टर पठाइएको जनाइएको छ । भिडियो भाइरल भएपछि प्रहरीको चर्को आलोचना भएको थियो । त्यसलगत्तै प्रहरीले छानबिन थालेको बताएको थियो । जिम्मेवारीबाट हटाइएका पौडेलको सट्टामा प्रहरी निरीक्षक सुजित ओझालाई जिम्मेवारी दिएको छ ।
स्रोतः थाहाखबर