टेकु अस्पतालमा भर्ना भएका चारैमा कोरोना नेगेटिभ, एकलाई इन्फ्लुएन्जा

गुगलपाटी संवाददाता
२० फाल्गुन २०७६ १२:१२

काठमाडौं : कोरोना (कोभिड) १९० भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारैजनाको स्वास्थ्य परीक्षण प्रतिवेदन आएको छ। टेकु अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। अनुप बाँस्तोलाका अनुसार उनीहरुको चारैजनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ। परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको छ। उनीहरुमध्ये एकजनालाई इन्फ्लुएन्जा संक्रमण भएको बाँस्तोलाले जानकारी दिए। चीनबाट एकजना र दक्षिण कोरियाबाट आएका तीनजना बिरामीलाई आइतबार टेकु अस्पतालमा भर्ना गरिएको थियो। कोरोना आशंकमा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको थियो। तीमध्ये १९ जना घर फर्किसकेका छन्। यसैबीच कुवेत र कतारबाट आएका दुई नेपालीलाई पनि कोरोना आशंकमा टेकुकै आइसोलेसन वार्डमा राखिएको छ। उनीहरुमा उच्च ज्वरो र रुघाखोकी देखिएपछि टेकुमा भर्ना गरिएको हो।
स्रोतः थाहाखबर