सवा चारकरोड मुल्यको सुन वरामद

गुगलपाटी संवाददाता
२० फाल्गुन २०७६ १३:३६

मकवानपुर प्रहरीले मंगलवार सवाचार करोड बढिको ६ किलो २८९ ग्राम ३५० मिलि ग्राम सुन सहित भारत करनाटक बस्ने ४२ बर्र्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको छ ।


मंगलबार बिहान काठमाडौंबाट विरगंज तर्फ जाँदै गरेको यात्रुबाहक रात्री बसलाई हेटौंडा १५ रातोमाटेमा चेकजाँचका क्रममा अब्दुलालाई उक्त परिणामको सुन सहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताए ।
भारतिय नागरिक अब्दुलले उक्त परिणामको सुन फलामको बेरिङमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर सुन सहित अब्दुल मजिद अनेकललाई सार्वजनिक गरेको छ । पक्राउ परेको सुन सक्कली रहेको र सुनको मंगलवारको नेपाली बजार मुल्य ४ करोड सत्ताइस लाख अन्ठाउन्त्र हजार सात सय चौहत्तर रुपैया रहेको सुनचांदी व्यावसायी संघ मकवानपुरले जनाएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले बताए ।अब्दुल माथि थप अनुसन्धान भइरहेको र आवश्यक र्कावाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया ,बारा पठाइएको प्रहरीले जनाएको छ ।