प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : संक्रमणबाट जोगाउन चिकित्सकको कडा निगरानी
गुगलपाटी संवाददाताकाठमाडौं : मिर्गौलाको सफल प्रत्यारोपण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोस्ट आपरेटिभ वार्डमा सारिएको छ। त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेदेखि सुरु भएको शल्यक्रियाको क्रम ओलीको शरीरमा भाञ्जी समीक्षा संग्रौलाको मिर्गौला राखिएसँगै दिउँसो पौने ३ बजे सकिएको थियो। मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालको भीआईबी क्याबिन ६०१ मा भर्ना भएका ओलीलाई शल्यक्रियापछि पोस्ट आपरेटिभ वार्डको आईसीयुमा राखिएको छ। उनलाई मिर्गौला दिएकी भाञ्जी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीलाई पनि पोस्ट आपरेटिभ वार्डकै आईसीयुमा राखेर चिकित्सकले निगरानी गरिरहेका छन्। ओलीलाई मृगौला दान गर्ने समीक्षाको स्वास्थ्य अवस्थामा पनि सामान्य छ। संग्रौलाले एउटा मृगौला प्रधानमन्त्री ओलीलाई दान गरेकी हुन्। प्रत्यारोपणमा संलग्न मिर्गौला प्रत्यारोपणपछि अप्रेशन थिएटरबाट पोस्ट अपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्री केपी शर्मा ओलीको साढे ४ बजे होस खुलेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार होस खुलेपछि प्रधानमन्त्री चल्मलाउन थालेका छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्गाले बताए। ‘सबै मूख्य सुचकांकहरु राम्रो अवस्थामा रहेका छन्, उनले भने, प्रत्यारोपित मृगौलाले काम गरेको छ। प्रत्यारोपण उपचार कक्षमा राखेर अबको उपचारलाई निरन्तरता दिन्छौं। प्रत्यारोपणमा संलग्न प्रा। डा। प्रेम ज्ञवालीले प्रधानमन्त्री ओलीको सफतालपूर्ण मिर्गौला प्रत्यारोपण भएको जानकारी दिए। उनका अनुसार बिहान १० बजेर ५ मिनेटदेखि मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रियाभ सुरु भएको थियो। जुन प्रक्रिया मिर्गौला प्रत्यारोपणसँगै दिउँसो २ बजेर ४५ मिनेटमा सकिएको थियो। ज्ञवालीका अनुसार दोस्रो पटक गरिएको प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण जटिलखालको थियो। तर पनि हामी सफल भयौुं, उनले भने, प्रधानमन्त्रीको आत्मविश्वास जस्तै अप्रेशन पनि सफल भयो। डा. ज्ञवालीका अनुसार मिर्गौला प्रत्यारोपण गरेको १५ मिनेटमा पिशाव लाग्नुपर्ने हुन्छ। प्रधानमन्त्री ओलीको हकमा पनि १५ मिनेटभित्रै पिसाव लागेको उनले जानकारी दिए। १५ मिनेटभित्रै पिसाव लागेपछि चिकित्सकहरुले प्रधानमन्त्री ुडेन्जर जोनु बाट बाहिर निस्किएको भन्दै खुसी साटासाट गरेका थिए। मिर्गौलाले काम गर्न थालिसकेकाले अबको केही साता चिकित्सकहरुले कडा निगरानी गर्नुपर्ने बताएका छन्। डेढ घण्टापछि ओली होसमा आएका छन्। तर उनलाई बोलचाल गर्न अझै समय लाग्छ। चिकित्सक टोली करिब ८ सय जनाको मिर्गौला प्रत्यारोपण गरिरसकेको त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रियामा १५ जना भन्दा नेपाली र भारतीय चिकित्सक खटिएका थिए। प्रधानमन्त्री ओलीको मृगौला प्रत्यरोपणका लागि शल्यचिकित्सा टोलीमा प्रा।डा।उत्तमकुमार शर्मा, प्रा।डा। प्रेम ज्ञवाली र अनन्त कुमार लगायतको टोली सहभागी थिए। त्यसैगरि डा। पवनराज चालिसे, डा। सुमन चापागाईं, डा। सुजित पौडेल र डा। मनीष प्रधान पनि थिए। उनीहरुसँगै पहिलो पटक ओलीको मिर्गौला प्रत्यारोपण गरेका भारतीय डा। अनन्त कुमार पनि प्रत्यारोपण टोलीमा थिए। मृगौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा।डा। दिब्यासिंह शाह, डा। महेश सिग्देल, डा। मुकुन्द काफ्ले र डा। रविन नेपाली लगायतको टोली सहभागी थियो। त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्गाका अनुसार एनेस्थिेसिया तथा क्रिटिकल केयरतर्फ डा। अनिल श्रेष्ठ र प्रा।डा। सुवास आचार्य लगायतको टोली जुटेको थियो। संक्रमणको खतरा मिर्गौला प्रत्यारोपणपछिको पहिलो र खतरापूर्ण ुडेन्जर जोनुबाट प्रधामन्त्री ओली बाहिर आइसकेकाले चिकित्सकहरुलाई ठूलो राहत मिलेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ तथा प्रधानमन्त्रीका निजी चिकित्सक डा। अरुण सायमीका अनुसार अहिले ओली र संग्रौला दुवैको अवस्थामा खतरामुक्त छ। ‘प्रत्यारोपणपछि प्रधानमन्त्रीको शरीरबाट सामान्य रुपमा पिसाब बाहिरिएको छ’, उनले भने, ‘नयाँ मिर्गौलाले काम गर्न थालेपछि पहिलो स्टेपको ‘डेन्जर जोन’ पार भयो। अब उहाँलाई आइसीयुमा राखेर अवस्थाको निगरानी गर्छौँ।’ अप्रेशन थिएटरबाट निकालेर पोस्ट अपरेटिभ वार्डको आईसीयुमा सारिएका ओलीलाई अब डिस्चार्ज नहुन्जेल त्यहीँ राखिनेछ। तर अबको चुनौती प्रधानमन्त्रीलाई संक्रमणबाट जोगाउनु हो। चिकित्सकहरुले अप्रेसनको तीन घण्टा, तीन दिन र एक सातासम्म जोखिम हुन सक्ने बताएका छन्। डा। सायमी यो समयमा संक्रमणको जोखिम हुने भएकाले निरन्तर निगरानीमा राख्नुपर्ने बताए। पहिलो पटक १३ वर्षअघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई सामान्य अवस्थामा पनि संक्रमण भइरहन्थ्यो। नेकपा एमालेको नवौँ महाधिवेशनका बेला ओलीको हातसहित शरीरका अन्य भागमा लामो समय संक्रमण भएको थियो।
स्रोतः थाहाखबर