अमेरिकामा कोरोना भाइरसले लियो १५ जनाको मृत्यु

गुगलपाटी संवाददाता
२४ फाल्गुन २०७६ १०:४६

काठमाडौँ : संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा पनि प्राणघातक कोरोना जीवाणु ९भाइरस०का कारण १५ जनाको मृत्यु भएपछि सङ्कटकाल घोषणा गरिएको छ । त्यस्तै संक्रमितहरुको संख्या ३२१ पुगेको छ ।

विश्वभर हाल कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या १ लाख २ हजारभन्दा बढी पुगिसकेको छ, र तीमध्ये करिब ८० भन्दाबढी हजार चीनमा रहेको बिबिसीले जनाएको छ । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सक्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।
कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी छ हजार ५९३ जनामा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ । जोखिम नियन्त्रण गर्न दक्षिण कोरियाका प्रधानमन्त्री चुङ स्ये–क्यूनले अनुहारमा लगाउने मास्क विदेश निर्यात गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् ।