सुनको भाउ सोमबार फेरी बढ्यो

गुगलपाटी संवाददाता
३ चैत्र २०७६ ०८:३९

हेटौंडाः केही दिनदेखि निरन्तर घटेको सुनको भाउ सोमबार ९आज० बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

यसअघि आईतबार एकैदिन १५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने ५ सय रुपैयाँले बढेको हो ।

भाउ बढेसँगै आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि छापावाला सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

यसअघि आईतबार तेजाबी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँ र चाँदी ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया