वेद विद्यालय संचालनमा समस्या

निशा गुरुङ
८ चैत्र २०७६ ०६:५२

 हेटौंडा उपमहानगरपालिका— १० गोरक्षश्वरमा संचालित संस्कृत वेद विद्यालयको स्थायी स्रोत नभएकाले संचालनमा कठिनाई उत्पन्न हुने गरेको छ । विद्यालयको कुनै क्षेत्रबाट पनि स्थायी रुपमा सहयोग गर्ने दाताहरु नभएकाले संचालनमा समष्या हुने गरेको हो ।

उक्त विद्यालयमा १९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयमा ६, ७ र ८ कक्षाका विद्यार्थीहरु छन । त्यहाँको पढाई सकेपछि वेद पढ्ने विद्यार्थीहरु अन्य कुनै संस्कृत काठमाण्डौ,चितवन लगायतको विद्यालयमा अध्ययन गर्न जाने गरेको प्र.अ. विष्णु प्रसाद भट्टराइले बताए । विद्यलयमा अहिले ब्राहमणहरु मात्र अध्ययन गरिरहेका छन् । सस्ँकृत जुनसुकै जातले पनि अध्ययन गर्न पाउने हुदा सबै जातका विधार्थीहरु अध्ययन गर्न सक्छन तर यहाँ ब्राहमणमात्र छन् । उक्त विद्यालयमा सिन्धुली, सर्लाही, नेपालगञ्ज, दोलखा, विरगञ्ज, सुनसरी, मकवानपुर, भक्तपुर पर्वत जिल्लाका विद्यार्थीहरु अध्ययनरत छन् । वेद पढ्न आउने विधार्थीहरु अरु कुनै विद्यालयमा ५ कक्ष्ाँ सम्म पढेर यहा ६ कक्ष्ाँदेखि संस्कृत वेद पढ्न आउने गरेको प्र .अ भट्राईले बताए । विद्यालयमा कक्ष्ाँ ६ देखि भर्ना लिन गरेको भट्टराईले ले जानकारी दिए । सस्ंकृतमा ६ कक्ष्ाँलाई नर्सरी भन्ने बुझिन्छ । सस्ंकृत वेद विद्यालयमा ४ जना शिक्षक रहेका छन् जस्मा १ जना

मात्र राहत कोठामा रहेको छ । त्यस विधालयका आर्थिक अवस्था नाजुक रहेको छ । विद्यालयको कक्षाकोठा पनि राम्रो नभएको र विद्यार्थीहरुलाई खाना दिन पनि गाहे भएको छ । आयस्रोत कुनै पनि ठाँउबाट नआउने र विद्यार्थीहरुलाई पनि निःशुल्क पढाएर खाना बस्नको ब्यवस्था पनि गर्नु पर्ने हुँदा धरै समस्या भएको छ ।
विद्यालयमा विभिन्न संघ संस्थाहरुले सहयोग गरेकाले विद्यालय चलिरहेको छ । कुनै बेला कतैबाट पनि सहयोग आएन भने विद्यार्थीहरुलाई शिक्षकहरुले नै सहयोग गर्ने गरेका छन् । विद्यँलयमा खाना खुवाउन र भवनको राम्रो व्यवस्था नहँुदा समस्या धेरै रहेको उनीहरु बताउँछन् । वेद विद्यलायमा वेद सम्बन्धि मात्र नभई अङ्ग्रजी र नेपालीको पनि पढाई हुने गरेको प्र.अ भट्राईले जानकारी दिए । विद्यार्थीहरुले विद्यालय क्षेत्र सधै सफा सुग्घर राख्ने गरेका छन् ।