हेटौंडामा मेडिकल माक्सको अभाव निशुल्क वितरित माक्स पनि अस्पतालद्धारा दुरुपयोग

कुमारी स्याङ्बो
८ चैत्र २०७६ ०७:०५

हेटौंडाः कोरोना भाइरस ( कोभिड–१९) को प्रकोपको त्रासले हेटौंडा अस्पतालमा माक्सको अभाव भएको छ । बजारमा माक्स अभावका कारणले मकवानपुरको उद्योग वाणिज्य सघंबाट हेटौंडा हस्पिटलमा ५०० वटा कपडाको माक्स वितरण गरेको हो । उद्योग वाणिज्य सघंबाट दिएको माक्सको दुरुपयोग भएको जनगुनासो छ । माक्स दुई दिनमै सकिएको व्यवस्थापक मित्रता शर्माले बताइन् । हेटौंडाका फार्मेसीहरुमा माक्स नआएकोले हस्पिटलमा पनि माक्सको अभाव भएको शर्माको भनाई छ ।

भद्रकाली पोलिक्लिनिक फार्मेसीमा एक महिनाबाट माक्स छैन । कोरोना भाइरसको कारण अहिले माक्सको सटेज भएको हो । विरगंजबाट ५ रुपैयामा ल्याउने गरेको माक्स १० रुपैयामा बेच्ने गरेको भद्रकाली पोलिक्लिनिकका इर्मजेन्सी हेल्थअसिस्टेन साजन शर्माले बताए । दैनिक सय जना भन्दा बढि माक्स किन्न आउने ग्राहक फर्केर गएको शर्माको भनाई छ । फार्मेसीमा माक्स नआएको करिब एक महिना जति भएको छ ।

त्यस्तै कोरोना भाइरसको हल्ला सार्वजनिक भए सगैं उपकार मेडिकल हलमा माक्सको सटेज भएकोे छ । हेटौंडाकै सर्जिकलबाट आउने गरेको ३ रुपैयाको माक्स १० रुपैयामा बिक्री गर्दै आएको प्रोपाइटर अर्विन ठाकुरले बताए । ठाकुरका अनुसार कोरोना भाइरसको कुरा चल्नुभन्दा अगाडी माक्स किन्न दैनिक ५ जना देखि १० जनासम्म ग्राहकहरु आउँथे अहिले दैनिक ५० देखि १०० जना ग्राहकहरु माक्स किन्न आउने गरेका छन् । माक्स नभएको कारणले ती सबै ग्राहकहरुलाई फर्काएर पठाएका छौं उनको भनाई छ ।

सरकारले कोरोना फैलिन नदिन भीडभाड हुने सार्वजनिक स्थानहरु चलचित्र घर, सांस्कृतिक केन्द्र, पौडी पोखरी र व्यायामशाला बन्द गरिसकेको छ । त्यस्तै एसईईसहितका सबै परीक्षा स्थगित भएका छन् । विद्यालय र विश्‍वविद्यालयका सबै पठनपाठन स्थगित भएको अवस्थामा अब सरकारले नागरिकलाई घर भित्रै रोक्ने तयारी थालेको हो । कोरोना भाइरस (कोभिड–१९) त्रासले मुलुककै सुनसान छ ।

बजारमा माक्सको माग बढे पनि माग अनुसारको आपूर्ति नहुँदा मुल्यमा मनोमानी भएको छ । मेडिकल माक्स नपाएपछि सामान्य कपडाको माक्सहरु पनि कपडा पसलहरुमा बिक्री गर्न राखेको अवस्थामा पाइन्छन् । पेपर माक्स रु ५ देखि १० रुपैयासम्म पाइन्छन् भने कपडाका माक्सहरु ३५ रुपैया देखि दुई सम्मका माक्सहरु बजारमा उपलब्ध छन् । मेडिकल माक्सको विकल्पमा साधारण कपडाका माक्सहरु मानिसहरुले प्रयोग गर्दै आएको देख्न सकिन्छ । ५ देखि दुईसय रुपैयामा उपलब्ध हुने माक्स बजारमा कालोबजारी भई दुई देखि तिनसय रुपैयामा नपाएको उपभोक्ता हेटौंडा उपमहनगरपालिका १ नकौलीमा बसोबास गर्ने सानुकान्छी बिकले बताइन् ।