प्रतिभा क्लबले सार्वजनिक स्थानमा सवारी एवं पैदल यात्रीलाई हात धुनको निमितत्त पानी टंकी

गुगलपाटी संवाददाता
८ चैत्र २०७६ ०७:३४

विभिन्न सामाजिक कार्यमा सक्रिय जिल्लाकै सबैभन्दा पुरानो क्लब प्रतिभा क्लबले सफा रहौं, सफा गरौं सावधानी अपनाऔं , कोरोना भाईरस वाट आफू बचौं अरुलाई पनि बचाऔं , हात धोयर जाऔं भम्ने मुल नाराका साथ क्लबले सार्वजनिक स्थानमा सवारी एवं पैदल यात्रीलाई हात धुनको निमितत्त पानी टंकी राखेको छ । उद्घाटन कार्यक्रममा प्रदेश सभा सांसद प्रेमबहादुर पुलामीले हात धोयर कार्यक्रम उद्घाटन गरेको हो । कार्यक्रममा लिल्ला सम्वनय समितिका उपप्रमुख भगवती पुडासैनी, लगायतका वडा अध्यक्ष, नेकपाका नेता बद्री लम्सल, एवं टोल बिकाश संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कसैलाई मन्तब्य राख्न भने दिईनन् ।

तपाईको प्रतिक्रिया