नेपाल स्काउटद्वरा ह्याण्ड वास स्टेसन सञ्चालन

गुगलपाटी संवाददाता
८ चैत्र २०७६ १४:००

नेपाल स्काउट प्रधान कार्यालय काठमाडौको सहयोगमा हेटौंडा ओपन स्काउट क्रियूको पहलमा हेटौंडामा कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलन नदिन ह्याण्ड वास स्टेसन सञ्चालन गरेको छ ।

                                                                                                                                                           कोभिड १९  कोरोना भाइरसबारे विश्वकै ध्यान तानिएको छ । चीनको हुवानबाट सुरु यो भाइरसबाट बच्न पछिल्लो समय मुलुकमा उच्च शतर्कता अपनाइएको छ। कोभिड १९ कोरोना भाइरसका पहिलो बिरामी २०१९ को डिसेम्बर अन्त्यतिर वुहानमा भेटिएका थिए । क्रमशः त्यो विश्व भर फैलँदै गएको हो ।

नेपालमा पनि भाईरस फैलन नदिन नेपाल सरकारले विभिन्त्र कार्यक्रम गरिरहेको समयमा आज नेपाल स्काउटले हेटौंडा वजारमा नि शुल्क माक्स समेत वितरण गरेको थियो । मकवानपुर जिल्लामा समुदायबाट संचालित हेटौंडा ओपन स्काउट क्रियूका रोभर लिडर दिपेन्द्र रोक्काले हात धुन सिकाएर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

मकवानपुर जिल्लामा विपद व्यवस्थापन, नेतृत्व विकाश, सीपमुलक तालिम, प्राथमिक उपचार, फ्रेण्डसीप क्याम्प तथा विभिन्न सेवामुलक शिविर संचालन गर्दे आएको क्रियूले यस कार्यक्रमलाई आगामी एक सातासम्म नगरका  पांच स्थानमा ह्याण्ड वास स्टेसन सञ्चालनगर्ने क्रियूका अध्यक्ष बुद्दिनाथ न्यौपानेले बताए । हेटौंडा बसपार्कमा गरेको कार्यक्रमले कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलन नदिन प्रभावकारी भएको वताइएको छ ।

कार्यक्रममा हेटौंडा ओपन स्काउट कार्यक्रममा हेटौंडा ओपन स्काउट क्रियूका स्काउटर हिरा बर्तोला , सुरेन्द्र कारञ्जित, मेनका श्रेष्ठ, अनिल आर्चाय लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया