मिनीट्रक र मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु

गुगलपाटी संवाददाता
९ चैत्र २०७६ ०६:३१

काभ्रे — साँगामा मिनीट्रक र मोटरसाइकल ठोक्किँदा आइतबार बाबुछोराको मृत्यु भएको छ । बनेपाबाट सांँगातर्फ आउँदै गरेको बा.५.ख २३९० नम्बरको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा.५७।प ७२८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा बाबुछोराको मृत्यु भएको हो ।

गम्भीर घाइते उदयपुरको रौतामाई गाउँपालिका ४ का ३५ वर्षीय मिनबहादुर श्रेष्ठ र उनको छोरा ५ बर्षीय सुविनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए।
स्रोतः कान्तिपुर

तपाईको प्रतिक्रिया