कोरोनाका कारण मानव जातिकै अस्तित्वमा चुनौति :- मुख्यमन्त्रि पौडेल
गुगलपाटी संवाददाताबागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेलले आज प्रदेश बासीका नाममा सम्बोधन गर्नु भएको छ । सम्बोधनका क्रममा मन्त्रि पौडेलले नेपालमात्र नभएर यतिबेला कोरोनाभाईरस ( कोभिड–१९) को महामारीसंग विकसित तथा समृद्ध मुलुकहरुमा समेत संकट निम्त्याएको र मानवजातिकै अस्तित्वमा चुनौती दिएको बताउनु भएको छ ।
प्रदेश सरकारले संक्रमणलाई फैलननदिन र आवश्यकउपचारको ब्यवस्थागर्न कोरोनाअस्पताल, आईसोलेशनवार्ड निर्माण, क्वारेण्टाईन निर्माण, स्वास्थ्यकर्मीको लागि आवश्यक उपकरण, थर्मल गन, आईसियु र भेण्टिलेटरको ब्यवस्थाएवम् औषधी तथा उपकरणहरुको प्रबन्धगर्ने आधारभूत कार्यहरु सम्पन्न गरेको वताउनु भएको छ ।
बागमतीप्रदेश सरकारले संघीय सरकारले गरेको प्रबन्ध बाहेक हेटौंडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडिआरटिसि) मा रहेको ल्याबलाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षणगर्ने ब्यवस्था गरेको छ । यसले प्रदेस २ काबासिन्दा समेत लाभान्वितहुने बताउनु भयो ।
प्रदेश सरकारले प्रदेश भित्र भरतपुर महानगरपालिकासंगको सहकार्यमा७० बेडको छुट्टै कोरोनाविशेष अस्पताल संचालन गरेको छ । साथै प्रदेशका १३ वटै जिल्लामादुई हजार ७५ क्वारेण्टटाईन बेडहरु तयारी अबस्थामा राखिएको र ६ सय २३ आईसोलेशन बेड, १ सय ४८ आईसियु बेड, ६ सय ९२ थानपिपिईको प्रबन्धगरिएको र थप १ सय ७२ वटाआईसोलेशन बेड तयारीको क्रममा रहेको छ भने २३ वटाआईसियु बेड समेत तयारीको क्रममा रहेको वताउनु भयो । संक्रमितहरुको उपचारको लागि कन्सल्ट्याण्टफिजिसियन ७१, एनेस्थ्योलोजिस्ट ३१, मेडिकलअफिसर २५१, नर्सिङ सुपरभाईजर ३४, स्टाफ नर्स ७१३, हेल्पर÷नर्स सहयोगि ४७५ र ल्याबोरेटरी प्रर्सनल १५७जना गरी १७ सय १४ जनशक्तितयारी अवस्थामा राखेकावताउनु भयो ।
कोरोनाभाईरस संक्रमणका कारण उत्पन्न परिस्थितिमा यस प्रदेशमा अत्यावश्यक वस्तुहरुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी ब्यवस्थागरिएको छ । प्रदेश स्तरीय ¥यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमनएवं विभिन्नप्रचार प्रसार, सूचना संचारका गतिविधिहरुको सञ्चालन भईरहेको छ । २४ घण्टा नै सहायताकक्षको प्रबन्ध गरिएको वताउनु भयो ।
प्रदेश सरकारले आपुर्ति ब्यवस्थापनतथा संभावित कालाबजारी नियन्त्रणका लागि बजार अनुगमन, ग्याँस आपुर्तिकर्ता र ग्याँस उद्योगको अनुगमनतथा स्टक चेकजाँचगरिरहेकावताएको छ । मूल्यसूचि सार्वजनिक तथा प्रशारणकार्यलाई कडाईका साथलागु गरिएको र आपूर्ति ब्यवस्थापनको लागिउद्योग, पर्यटनवनतथावातावरणमन्त्रालय र जिल्लास्थित घरेलु तथा सानाउद्योग कार्यालयमा हेल्प डेक्स संचालनमाल्याई सेवाप्रवाहगरिरहेको वताईएको छ । प्रदेशमा यस महामारीको महाविपत्तिमा दैनिकगुजारा चलाउननसक्ने ब्यक्ति, परिवार र समुदाय स्थानीयतहबाट पहिचान तथा सूचिकृत गरी कोहि भोको नरहने गरी संघ, प्रदेश र स्थानीयतहको एकिकृत प्रबन्ध मिलाइएको वताईको छ ।
प्रदेश सरकारले धैर्यता, संयमता र आत्मविश्वासलाई कायम राख्न, घरभित्रै बस्न तथा अनावश्यक भिडभाडनगरी लकडाउनको पूर्ण परिपालनगर्न आग्रह गरेको छ ।साथै रहतवितरणलाई व्यबस्थित र एकद्घर नितिअबलम्बनकालागिब्यक्तिगततथा सामुहिक रुपमा नगद वा जिन्सी सामाग्री स्थानियतह मार्फत वितरणगर्न आर्थिक सहयोग स्थानीय, प्रदेश र संघिय सरकारको विपद् ब्यवस्थापन खातामा जम्मा गर्न अनुरोध गरेको छ ।