आरवी आरवान विल्डर्सद्वारा राक्सिराङलाई २ लाख सहयोग
गुगलपाटी संवाददाताहेटौंडा : कोरोना संक्रमणका कारण खाद्यान्न अभावमा रहेको राक्सिाराङ गाउँपालिकालाई यहाँका युवा व्यवसायीले नगद सहयोग उपलब्ध गराएका छन् । आरवी आरवान विल्डर्स एण्ड सप्लायर्स प्रालि हेटौंडा–५ का प्रबन्ध निर्देशक राजेश भेटावलले गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा दुईलाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो । ‘गाउँपालिकामा अति सीमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको छ । त्यसकारण खाद्यान्न अभावको खबर पाएपछि हामीले सामाजिक दायित्व निर्वाह गरेका हौं ।’, युवा व्यवसायी भेटवालले भने । उनले गाउँपालिकाले गरेको अपिल अनुसार सहयोग उपलब्ध गराइएको बताए । गाउँपालिका अध्यक्ष राजुकुमार मल्ले लकडाउनका अवधि बढ्दा गाउँमा भोकमारीको अवस्था सिर्जना भइसकेको बताउँदै सहयोगको अपिल गरेका छन् । उनका अनुसार दैनिक ज्यालामजदुरी गरेर खाने परिवारमा खाद्य संकट देखा परिसकेको छ । उनका अनुसार करिब १५ सय घरधुरी ज्यालामजदुरी गरेर दैनिक गुजारा गर्दै आइरहेको थिए । यस गाउँपालिकामा बालविवाह अत्याधिक हुने गरेको छ ।