गढी गाँउपालिकाका वडा नं ६ मा आगलागी

गुगलपाटी संवाददाता
२७ चैत्र २०७६ ०९:०७

मकवानपुरमा एक घरगोठमा आगलागी भएको छ । जिल्लाको गढी गाउँपालिका वडा नं ६ डुम्रेकुनामा सरोज पाठकको घरमा आगलागी भएको हो ।

आगलागीबाट पाठकको घर र गोठ जलेको र आगो निभाउने प्रयास भैरहेको वडा नं ६ का वडा अध्यक्ष टीका प्रसाद दहालले बताए । आगलागी बाट कुनै मानवीय तथा पशु चौपायको क्षती नभए उनले बताए ।

आगलागी भएको स्थानमा ईलाका प्रहरी कार्यालय मकवानपुरगढीको प्रहरी टोेली पुगेको छ । आगलागीबाट के कति क्षती भयो विवरण भने आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया