२० जोगीलाई क्वारेन्टाइनमा राखियो

गुगलपाटी संवाददाता
२७ चैत्र २०७६ ०९:५०

भोजपुर : षडानन्द नगरपालिकाले लकडाउनको समयमा नगर क्षेत्रमा प्रवेश गर्ने २० जोगीलाई क्वारेन्टाइनमा राखेको छ । बाहिरी जिल्लामा घुमेर आएका वडा नं १४ बोया नङसिलाका उनीहरुलाई स्थानीय सिंहदेवी आधारभुत विद्यालयको क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।

फागुन मशान्ततिर पूर्वका विभिन्न जिल्लामा ुफेरिु लगाउन निस्केका उनीहरुलाई जोखिम भएको आशंकामा वडाले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको हो ।

यसबाहेक सोहि क्वारेन्टाइनमा दुई स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मी पनि रहेका छन् । लकडाउनका बेला अवैध रुपमा गाउँ पस्ने उनीहरुलाई सुरक्षाका लागि क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष झम्का रोक्काले बताए । उनले भने, ुसरकारले जारी गरेको लकडाउनको अवस्थामा अवैध रुपमा उनीहरु गाउँ पसेकाले गाउँ नै त्रसित बनेपछि तत्काल क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका हौं, उनीहरुलाई स्वास्थ्य सेवासँगै खानाको व्यवस्था नगरपालिकाले गरेको छ।ु

नगरपालिकाले कोराना संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको उपमेयर मेरिका राईले बताइन् । हामीले कोराना संक्रमण फैलिन नगरपालिकाले गर्न सक्ने सबै प्रयास गरिरहेका छौं, जनचेतनासँगै मास्क तथा साबुन वितरण कार्यक्रम भइरहेको छ, उनले भनिन्, लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारीका विपन्न मजदुरलाई राहत वितरण गर्ने तयारीमा छौं जसका लागि कार्यविधि अनुरुप नै तत्काल काम गछौं।
स्रोतः अन्नपुर्णपोस्ट