व्यवसायी ढुङ्गानाले गरे खाद्यान्न सहयोग

गुगलपाटी संवाददाता
२७ चैत्र २०७६ ०९:५७

मकवानपुरगढी गाउँपालिका वडा ६ कार्यालयलाई एक व्यवसायीले ५० हजार बराबरको खाद्यान्न सहयोग गरेका छन्, । हेटौंडा २ पल्पसारोडका कृष्णप्रसाद ढुङ्गानाले वडा कार्यालयलाई खाद्यान्न सहयोग गरेका हुन्, । खाद्यान्न अभावमा भोकै कोही बस्नु नपरोस् भन्ने सोचले ढुङ्गानाले चामल, दाल, मसला सहयोग गरेका हुन्, । आफ्नो पूर्खेली ठाउँमा खाद्यान्नको केही समस्या नहोस भनि सहयोग गरेको बताए ।

मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका व्यवसायी ढुङ्गानाले २५ बोरा चामल, ५० किलो दाल,२५ पाकेट मसला वडा अध्यक्ष टिकाप्रसाद दाहाललाई विहीबार हस्तान्तरण गरेका हुन्, । वडा कार्यालयमार्फत आफूहरुले सहयोग गरेको खाद्यान्न सम्बन्धित व्यक्तीमा पुग्ने विश्वास लिएको ढुङ्गानाले बताएका छन्, ।

तपाईको प्रतिक्रिया