सोलिड्यारिटीले अनलाइन शिक्षण सुरु गर्दै
गुगलपाटी संवाददाताहेटौंडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले वैशाख १४ गते आइतबारदेखि अनलाइन शिक्षण सुरु गर्ने भएको छ । एक महिनादेखि जारी लक डाउनका कारण विद्यार्थीको नियमित पाठ्यक्रम अनुसारको पठाई प्रभावित हुने भएपछि अनलाईनल शिक्षण सुरु गर्न लागेको विद्यालयका संस्थापक ऋषिराम आचार्यले बताए ।
उनका अनुसार अनलाईन कक्षा सञ्चालनको लागि शिक्षकहरुलाई आवश्यक प्राविधिक ज्ञान दिइएको छ । विद्यालयमा अध्ययरत ७० प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँचमा रहेकाले घरमै बसेर विद्यार्थीले अध्ययन गर्न सक्नेछ । तर इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीहरुको लागि भने लेसन होम डेलिभरी कक्षा सञ्चालन गर्ने सोच बनाइएको संस्थापक आचार्यले बताए । ‘घर घरमा पुगेर विद्यार्थीलाई शिक्षण सिकाई पाठ प्रत्येक दिन दिनुपर्छ, त्यसको लागि भने सवारी साधन आवश्यक हुन्छ’, उनले भने, ‘सरकारले विद्यार्थीको भविष्यलाई ख्याल गर्दै घर घरसम्म पुग्न सवारी सञ्चालनको अनुमति दिनुपर्छ ।’ अब विद्यालयले अनलाईन शिक्षालाई लकडाउन पछि पनि निरन्तराता दिने आचार्यले बताए ।
साथै देशैभरको विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पढाई प्रभावित भएकाले सबै विद्यालयले इ क्लास सञ्चाल गर्दा राम्रो हुने उनको सुझाव छ । त्यसको लागि सरकारले विद्यार्थीलाई इन्टरनेट शुल्कमा सहुलियत दिनुपर्ने आचार्यको भनाई छ ।
कोरना भाईरसको त्रासको कारण लकडाउनमा रहेका बालबालिकाहरुको शैक्षिक बृत्तिविकासमा अप्ठ्यारो स्थिति नआओस भनेर बिधालयले अनलाईन पद्दतिबाट पठनपाठनको निरन्तरता दिने प्रयास गरेको बिद्यालयका सहायक प्रधानाध्यापक तथा जनसम्पर्क अधिकृत श्याम कृष्ण ज्ञवालीले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक रिना आचार्यले शैक्षिक सत्र ०७६÷७७ को चालु वार्षिक परिक्षाहरु अचानक रोकिएपछि विद्यार्थीहरु अन्यौलमा रहेको बताउँदै अब नियमित पठनपाठनमा अभ्यस्त नगराए पढाई नै बिग्रने भएकाले यस्तो बिधि अपनाइएको बताइन् । ‘सम्पर्कमा आएका अभिभावक र विद्यार्थीको राय संकलन गयौं र सुचना प्रविधिको माध्यमबाट हामी निरन्तर हाम्रा शिक्षक शिक्षिका र कर्मचारीसँग छलफल ग¥यौं’, उनले भनिन्, ‘यो अप्ठ्यारो स्थितिमा हामीले हाम्रो पहुच अभिभावक र विद्यार्थीसम्म पु¥याउँदै कोरोना चुनौतीका बीच पनि हामीले अनलाईन कक्षा सञ्चालन गर्न लागेका हौं ।’
विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्ने भएपछि अभिभावकहरु पनि खुशी भएका छन् । ‘छोरा छोरीहरु घरमा निरन्तर खाली बस्दा उनीहरुमा मानसिक तनाब भएको अनुभव हामीले गरेका थियौ तर सोलिड्यारिटीको यो प्रयासले हामाी खुशी भएका छौं’, अभिभावक सागर भट्टराईले भने । अर्का अभिभावक ईन्जु ढुङ्गानाले भनिन्, ‘साना बाबु नानिहरुलाई मोबाईल वा कम्प्युटरमा राख्नु पर्छे रे भन्दा हामीलाई चिन्ता लागेको थियो तर स्कुलले जब पढाउने शैली बतायो म उत्साहित छु र अनलाईन मार्फत सर मिसहरुले हामीलाई पढाउने र हामीले उनीहलाई पढाउने पो रहेछ ।’
अर्का अभिभावक माधव पौड्यालले भने, ‘मिसले फोन गरेर सम्राट तिमी नर्सरी पास भयौ अब अईताबारदेखि मैले तिम्रो मोबाईलमा आएर एलकेजिको किताब पढाउछु भनेदेखि बाबु उत्साहित छ ।’ कक्षा नौमा पढ्ने रौतहटका राहुल शाह भन्छन, ‘तीन दिन देखि अनलाईन ट्रायल क्लासम सर मिसहरुसंग जोडिदा स्कुलमै घर र घरमै स्कुल भएको जस्तो लागेको छ ।’ यता अम्बिका नेपाललाई अर्कै पिरलो छ, एउटा मोबाईल छ दुईटा बच्चालाई कसरी पढाउने । विद्यालयका सहायक प्रधानाध्यापक हनोक तामाङले भने, ‘हामीले ससाना कुराको पनि गहिरो अध्ययन गरेका छौ र अनि अभिभावाकलाई अप्ठ्यारो नपरोस तहगत शिक्षण समय तालिका फरक फरक राखेका छौ र हामी धेरै भन्दा धेरै बालबालिका समेट्ने प्रयासमा छौ र यसमा अभिभावकको सहयोग पनि आवश्यक छ ।’
बिगत दुई वर्ष देखि सोलिड्यारिटी स्कुलले एपको प्रयोगमा ल्याई एप मार्फत विद्यार्थीलाई गृहकार्य र अभिभावकलाई सूचना र शैक्षिक गतिबिबिधि उपलब्ध गराउदै आएको छ । यो असहज अवस्थामा पनि सुचना र प्रबिधिको माध्यमबाट शैक्षिक गतिविधिलाई निरन्तरता दिन खोज्नु सराहनीय र अनुकरणिय कार्य भएको प्याब्सन नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर प्याव्सनका निवर्तमान अध्यक्ष मादल दाहालले बताए ।