ओली र प्रचण्डको पार्टी चाँडै फुट्छ : बिजुच्छे
गुगलपाटी संवाददाता भक्तपुरनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्रबीचको एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएको बताए ।
शुक्रबार रफत सञ्चार क्लबको कार्यक्रममा बोल्दै बिजुक्छेले एसियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको भन्ने भनाई गलत भएको समेत बताए । “दुई पार्टीको एकतालाई हेर्दा सैद्धान्तिकभन्दा पनि भागबण्डामा केन्द्रित भएकाले दिर्घकालिन स्वरुप नदेखिएको छैन” विजुक्छेले भने ।
कार्यक्रममा बोल्दै अध्यक्ष विजुक्छेले रुसको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो भएपनि सैदान्तिक पाटोलाई आत्मसाथ गर्न नसक्दा देशै टुक्राटुक्रा भएको ओली र प्रचण्डले बु्झ्नु पर्ने बताए । उनले पार्टी एकता त्याग र योग्यताका आधारमा नभई भागबण्डाको आधारमा भएकाले केही बर्षभित्रै फुट्ने ठोकुवा गरे ।
वर्तमान सरकार ठेकदार, दलाल, गुण्डा र काला ब्यापारिको आडमा चलेको बताउँदै चुनावमा खर्च भएको रकम असुल्नलाई लागेको बताउँदै जनताको हितमा काम गर्ने छेकछन्द नदेखिएको अध्यक्ष विजुक्छेले बताए । उनले बिगत पञ्चायतले तीस बर्ष शासन गर्दा देश र जनताको हितमा काम गर्न नसकेजस्तै वर्तमान सरकाले पाँच बर्ष सत्ता चलाएता पनिकुनै उपलब्धी हासिल गर्न नसक्ने बताए ।
बिगतमा सरकारका प्रमुख भारत गएर देशका नदि नाला बेच्ने गरेता पनि भारतका प्रधान मन्त्री नरेन्द्र मोदीलाई नेपालमा बोलाएर अरुण तेस्रोको साँचो हस्तान्तरण गर्दै वर्तमान सरकाले आफ्नो चरित्र प्रष्टाएको उहाँले बताउनु भयो ।
मोदीको नेपाल भ्रमण उपलब्धिमूलकभन्दा पनि आर्थिक ब्ययभार थप्ने काम गरेको बताउँदै विजुक्छेले भ्रमण लगतै पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिले प्रष्ट पारेको बताए ।