नैतिकताको कठघरामा शिक्षक बिशाल अधिकारी आशुतोषको प्रश्न:
गुगलपाटी संवाददाताएसके निधन
कोरोना भाईरसको त्रासले देश लकडाउनमा छ / आपतकालीन कार्य बाहेक सबै कुरा ठप्प छन / रोगको न्यूनीकरणर नियन्त्रणको लागि सर्वसत्य र अपरिहार्य स्थापित भएको लकडाउनले दीर्घकालीन असर छोड्ने निश्चित नै छ / वार्षिक परीक्षाको स्थगन , नयाँ शैक्षिकसत्र शुरुवात अनिश्चित र अन्योलले शिक्षणक्षेत्र अस्तव्यस्त छ / केहि सामुदायिक तथा निजि बिद्द्यालयले प्रतिकुलतामा अनुकुलता खोजि गर्दै अनलाईन शिक्षणको अभ्यास गर्दै छन / यसो त अनलाईन शिक्षणका सामान्य आधार ,मापदण्ड ताथा पहुचको अध्ययन बिना कतिपय स्कुलले देखासिकी ,प्रतिष्ठा र आफ्नो सामाजिक उपस्थिति देखाउन गरेका केहि अस्वाभाविक प्रयासले पनि यतिबेला अनलाईन शिक्षणको चर्चा छ / नेपालको परिबेशमा यसको सान्दर्भिकता बहसको बिषय बनेको छ /अर्को तर्फ कतिपय शिक्षकहरुले बिधालय,समाज र अभिभावकको उदासिनताका बिचपनि आफ्नो ब्यक्तिगत शैक्षिक उत्तरदायित्व मनन गर्दै अनलाईन शिक्षणको प्रयास गरेको र त्यसबाट असफलता मिलेको कथा समेत सार्वजनिक गर्ने गर्नु भएको छ /यसै सन्दर्भमा सामाजिक संजालमा मकवानपुरको एउटा सामुदायिक विधालयका शिक्षक बिशाल अधिकारी आशुतोषको स्टाटसले चर्चा पाएको छ / उनले बिधालय तहका बिद्द्यार्थिमा देखिएको नैतिकता अभावको स्पष्ट चित्रण गर्ने आफ्नो प्रयास आफ्नो स्टाटसगरेका छन / आज हामी उनै अधिकारीको फेसबुक स्टाटसमा केन्द्रित भएर केहि चर्चा गर्ने छौ /
केहि स्क्रिनसट फोटो सहित उनले सामाजिक संजालमा लेखेका छन: मैले निस्वार्थ भावनाले SEE दिने भाईबैनीहरुलाई सहज होस भनी अनलाईन कक्षाको लागी ईमानदार प्रयास गरे । जम्मा १ जना बहिनी आउनुभयो ।नेट समस्याले सफा कुराकानी हुन पाएन र बैनीलाई एउटा ग्रुप बनाउनु अनि म भोलीबाट दैनिक २ बजे क्लास लिन्छु भने ।बैनीले आफ्नो फेसबुकमा भए जत्ति आफ्ना साथीहरुलाई ग्रुपमा एड गर्नुभो ।बेलुकी हेर्दा त बिशुद्द सिक्ने सिकाउने उद्देश्यले बनाईएको सो ग्रुपमा लाजै लाग्ने कुरादेखी अनेकन रोईलो गरेको पाए ।सम्झाए ।आफुलाई अप्ठेरो लागेको प्रश्नहरु सोध्न आग्रह गरे । तत्कालै एउटा भाईले के सोध्ने त भन्यो जवाफमा अर्को भाईले खाना खानु भयो सर भनेर सोध्न भनेर खिल्ली उडाएको ईमोजी पठनुभयो ।तत्पश्चात कतिपए बिद्यार्थीहरुले ग्रुप नै छाडे कतिपयले उडाए ।खैर त्यो उनीहरुको उमेरको बिशेषता होला ।तथापी भोलिबाट माथि उल्लेखित समयमै सम्भब भए सम्म क्लास लिन्छु भनेर कुरा टुङ्याए । यो हो सामुदायिक बिद्यालयका शिक्षक र बिद्यार्थीहरुको हैसियत ।हामिले नैतिक शिक्षा कति सिकाउन सक्यौ ? नैतिक प्रश्न राख्दै र भएका कमजोरीहरुको केही प्रतिशत आफ्नै जिम्मा लिदै यी शब्दहरुब्यक्त गरिरहेछु ।
सामान्य अर्थमा हेर्दा यसमा बिद्द्यार्थिको ठाडो गल्ति देखिन्छ /उनीहरुमा नैतिककताको खडेरी देखिन्छ तर अप्रत्यक्ष रुपमा उनीहरुलाई यो वा त्यो गर्न हामिहरुले नै प्रोत्साहित गरिरहेका छौ /बिशाल अधिकारीले जो संग कुरो गर्नु भएको छ उनीहरु त्यहा बिधार्थीको हैसियतमा उपस्थित भएकै छैनन / lure , Donisback नामहरु उनका बिद्द्यार्थिका नाम होईन/ अथवा उल्लेखित संजय,बिबेक पनि असली नाम नहुन सक्छन /यसर्थ बिशाल अधिकारिको पिडा उनी आफैले जन्माएका हुन किनभने उनले कुरो गर्नु पुर्व उनीहरुलाई बिधार्थिमा हुनुपर्ने सामान्य मापदण्ड दिनु पर्ने थियो /अर्को तर्फ बिद्द्यालय तहका भाईबहिनिलाई फेसबुक, म्यासेन्जर मार्फत हामी संग जोडिएर पढ्न आऊ भन्नु पनि कानुनि रुपमा नै गलत छ/किनकि हामि जुन संजालको प्रयोग गरेका छौ त्यो प्रयोग गर्ने बैध उमेरमा हाम्रा विद्यार्थीहरु पुगेकै छैनन / यसैले गैरकानुनी प्रक्रिया अपनाएका केटाकेटीले नैतिकताको खिल्ली उडाउनु कुनै अनौठो कुरो होइन /तथापि उनीहरुको यो चरित्र निर्माण भित्र पनि आफ्नो समेत गल्ति देख्दै आत्मा समिक्षा समेत गर्नुले बिशाल अधिकारी एउटा सामान्य व्यक्ति मात्र होइन उनि असल शिक्षकको भूमिकामा स्पष्ट देखिन्छन / बालबालिकाले क्रियाकलापले बिक्षप्त छन र पनि तोकिएकै समयमा कक्षा निरंतरता गर्न उनि तयार छन / यो उनि भित्रको शिक्षक आवाज हो / अनुकरणीय पाटो हो / तथापि समस्याको उठान गरि विकल्पको खोजि समेत गरेकोले केहि बैकल्पिक उपाएको बारेमा अब चर्चा गरौ /
बिशाल जस्तै शिक्षक र अनलाईन शिक्षणको प्रयासमा समेत रहेकोले मेरा केहि अनुभव छन / पहिलो कुरो विद्यार्थीमा देखिएको अनुशाशन हिनता यो आश्चार्य मान्नु पर्ने बिषय नै होइन/ कक्षा कोठाको , सिंगो बिद्द्यालय प्रशासनको निगरानीमा प्रत्यक्ष शिक्षण गर्दा समेत अनुशाशनहिन कार्य हुने गर्थे / शिक्षक माथि हातपात समेत गरेका घटना जीवन्त छन / यी अप्रिय घटनाको न्यूनीकरण जरुरि छ /यसमा सामुहिक अभ्यासको खाचो छ / अब अहिले तपाइँ एक्लै प्रयासमा हुनुहुन्छ /उनीहरु देखि दुरीमा हुनुहुन्छ / तपाई जसलाई शिक्षणको लागि बोलाउदै हुनुहुन्छ त्यो तपाईकै बिधार्थी हो कि होइन भन्ने प्रमाण समेत तपाई संग छैन /यसैले पहिलो कुरो यो अप्ठ्यारो अवस्थामा पनि तपाइँ शैक्षिक उत्तरदायित्व बहन गर्न तयार भएको कुरो तपाई कार्यरत बिधालय प्रशानालाई गराउनु पर्यो / सुचना र प्रविधिको प्रयोगमा सस्थागत सहजिकरण हुनु पर्यो /तपाइको यथेष्ट गृहकार्य बिनाको प्रयत्न आफैमा हानिकारक छ /तपाईको तरिकाले सभ्य समाजको समेत कुचित्रण गर्न सक्दछ / यसैले तपाईको व्यक्तिगत प्रयास असफल हुनुमा तपाइ पनि जिम्मेवार हुनुहुन्छ भने तपाइ हामि जस्तै सबैको प्रतिनिधि पात्र पनि हो /यसर्थ यसमा हाम्रो पनि केहि कमीकमजोरी छ /
अब सवाल जन्मिन्छ बिकल्पमा के गर्ने त ? पहिलो कुरो अनलाईन शिक्षण नेपालको सन्दर्भमा नौलो कुरो हो / ईन्टरनेट सुबिधालाई शिक्षण क्रियाकलापमा जोड्न सकिन्छ भन्ने मान्यता हाम्रो समाजमा स्थापित हुनै बाकि छ / न त अभिभावक र विद्यार्थीले यसमा बिश्वाश गरेका छन नत विद्यालयमा नै यसको पुर्व तयारि छ / एकाध विद्यालय बाहेकले त सामान्य स्कुल एप समेत प्रयोगमा ल्याएका थिएनन भने स्कुलको आधिकारिक वेब साईट हुनु त परेको कुरो / यो अवस्थामा कुनै स्कुलले अनलाईन शिक्षण शुरु गर्यो भन्नु भन्दा यसको प्रयोगमा अभ्यासमा गर्यो भन्नू बढी उपयुक्त होला /एउटा दुईवटा क्लासका पन्ध्र बिस बिधयार्थिलई म्यासेन्जरमा प्रश्न पठाउनु र घरमै बसेर गर भन्नुलाई अनलाइन शिक्षण गर्यौ भन्नुको अर्थ छैन /यो शिक्षण होइन फोटो च्याटिंग हो / कति स्कुलले त वार्षिक नतिजाको फोटो खिचेर फेसबुक वालमा राख्दै अनलाईन नतिजा सार्वजिक गरेको झ्याली पिटेका छन भने अझ कतिले त हामीले अनलाईन नतिजा सार्वजिक गर्यौ नतिजा थाह पाउन स्कुलको नम्बरमा फोन गर्नुहोला भन्दै अनलाइनको नाममा तमासा समेत गरेका छन /
यसर्थ मकवानपुरमा अनलाईन शिक्षण एउटा गतिलो मजाक बनेको छ / मजाक र तमासाको बिचमा केहि शुखद समाचार छन यो राम्रो पक्ष हो /विधिवतरुपमै बिधालय तहमा पनि अनलाईन शिक्षण गर्न सकिन्छ भन्ने केहि सफल परिक्षण समेत भएका छन /यो भनेको प्रतिकुलातामा अनुकुलता खोज्ने बिशाल अधिकारि जस्तै शिक्षकहरुको सोचको प्रतिफल पनि हो भने सम्बधित बिधालयको प्रशाशनिक दक्षता र सुचना र प्रविधि प्रति शिक्षक कर्मचारीलाई आकर्षित गर्न सक्ने अभिप्रेरणाको उपज पनि हो /
अब अधिकारीले जस्तो असहज परिस्थिति न भोग्न हामीले के गर्नु पर्छ भनेमा कुरो गरौ /पहिलो कुरो व्यक्तिगत सोच ,सिप र क्षमतालाई सस्थागत बनाउनु जरुरि छ /यसमा आफु कार्यरत बिधालयलाई परिचालित गराउने/ दीर्घकालीन अवस्थाको लागि अध्ययन अध्यापनको लागि बिधालयको आधिकारिक प्लेटफर्म हुने पर्छ / तर अहिले हामीले फेसबुक , म्यासेन्जर जस्ता लुज फोरम अर्थात सामाजिक संजालको प्रयोग गर्दै छौ / यो स्वाभाविक रुपले असुरक्षित छ तर वर्तमानको प्रतिकुल अवस्थामा यसको बिकल्प पनि छैन /पठनपाठनको एकमात्र माध्यम निशुल्क उपलब्ध जुम एप भएको छ / त्यसको लिंक पठाउने बिकल्पमा म्यासेन्जर /यसो त स्कुल एप ,ईमेल ,व्वाट्स एप लगाएत अन्य बैकल्पिक मार्ग नभएका होईन तर हामि त्यसमा अभ्यस्त छैनौ /यसर्थ जे प्रयोग गर्दै छौ त्यसैलाई ब्यवाथित बनाउनु पर्ने छ /अभिभावक मार्फत बिधार्थी संग जोडिनु बढी उपयुक्त छ /फेसबुक वा म्यासेन्जर अभिभावकको नाममा होस र त्यसमा बिधार्थीको स्कुल ड्रेस लगाएको प्रोफईं पिक्चर राख्न लगाईयो भने बिधार्थी चिन्न र अनुशाशन पालना गराउन सजिलो पर्छ / म्यासेन्जरलाई भर्चुअल लिंक पठाउन मात्र प्रयोग गरौ /बिधालय ब्यवस्थापनले खर्च गर्न तयार हुन्छ भने म्यासेन्जरको बदला म्यासेजिंगबाट लिंक पठाउनु बढी सुरक्षित र भरपर्दो छ /निश्चित समय तालिकामा लिंक मार्फत अभिभावक जोडौ/ अभिभावकले लिक खोलेर बालबालिकालाई दिउन /यसो गर्दा एकातर्फ अनुशाशन कायम गर्न सजिलो हुन्छ भने अर्को तर्फ पठनपाठन व्यवस्थित पनि हुन्छ /
तर बिद्द्यालय बिनाको विधार्थीलाई बिद्द्यालय बिनाको शिक्षकले विधालयका बिधार्थी जस्तै रुपमा खोज्नु अनुपयुक्त छ /शिक्षक र बिधार्थी दुवै विधालयका अंग भएर सो मातहतमा चल्नु पर्दछ /अझ विषम परिस्थिथिमा र नया प्रयोगको बेला सामुहिकताको बढी आवश्यक पर्छ / नत्र त नैतिकता हराएको सुचना सार्वजिक गर्नुमै नैतिकता खड्किएको स्पष्ट देखिन्छ /अर्को तर्फ अधिकारि जस्ता शैक्षिक उत्तरदायित्व बहन गर्न आतुर दक्ष जनशक्ति को सोच , पहल र प्रयासलाई सस्थागत बनाउदै त्यसको कार्यन्वयनमा सम्बधित बिद्यालय सक्रिय हुनु जरुरि छ / यदि सम्बन्धित शैक्षिक सस्थाले उदासिनता देखाएमा त्यसको सामाजिक र शैक्षिक उत्तरदायित्व माथि पनि नैतिकताको प्रश्न अवश्य उठ्ने छ /
जधौ !