मकवानपुरमा कार्यरत दुईजना प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ

गुगलपाटी संवाददाता
९ जेष्ठ २०७७ ०८:१७

कोरोना भाइरसको कारण अहिले विश्व नै डर र त्रासमा छन् । त्यस्तै रातमाटेमा रहेको चेकपोष्टमा कार्यरत दुईजना प्रहरीको कोरोना परिक्षण गर्दा उनिहरुको रिपोर्ट नेगेटिभ आएको छ । हिजो आरडिटि पोजेटिभ देखिएपछि स्वाब परिक्षणको लागि हेटौँडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पठाइएकोमा उनीहरुको रिर्पोट नेगेटिभ आएको कोरोना आइसोलेसन वार्डले बताएको छ ।

मकवानपुरमा पहिलो पटक सुरक्षाकर्मीलाई आरडिटि पोजेटिभ देखिएको थियो । तर उनीहरु दुबैजनाको रिर्पोट बिहिबार नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया