लागुऔषध र हातहतियार सहित एकजना पक्राउ

गुगलपाटी संवाददाता
१० जेष्ठ २०७७ ०७:२५

ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागुऔषध र हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ बस्ने ४० वर्षीय रामचन्द्र प्रजा छन् ।

बिहीबार राती प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले हातहतियारसहित उनलाई सोही वडास्थित डिपार्ट सामुदायिक जंगलको गोरेटो बाटोबाट पक्राउ गरेको हो ।

प्लास्टिकको बोरा तथा झोला बोकी आएकोमा प्रहरीलाई देखेर भागेको र उनलाई पछ्याएर नियन्त्रणमा लिई चेकजाँच गर्दा हातहतियार र लागुऔषध फेला परेको हो ।
उनको साथबाट ३३ किलो लागुऔषध गाँजा र भरुवा बन्दुक थान( १, बन्चरो थान(१, खुकुरी – थान १ फेला परेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

पक्राउ परेका उनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया