मकवानपुरमा होम क्वारेन्टाइनमा बस्ने १६८ जना
गुगलपाटी संवाददाताहेटौंडाः बागमती प्रदेशमा होम क्वारेन्टीनमा बस्नका लागि प्राथमिकता दिन थालिएको छ । कोरोना भाइरस (कोभिड १९) को संका लागेका विरामीहरुलाई पनि क्वारेन्टीनमा वस्नका लागि प्रादेसीक अस्पतालबाट दवाव समेत दिइएको विरामीको गुनासो छ । अधिकांश क्वारेन्टीनको अवस्था मापदण्ड नपुगेको र क्वारेन्टीनमा मृत्यु हुनेको सख्या समेत वढ्न थालेपछी बागमती प्रदेश सरकारले पनि होम क्वारेन्टीनलाई प्राथमिकता दिन थालेको हो ।
बागमती प्रदेशका १३ जिल्लामा गरेर १ हजार १ सय ४० जना होम क्वारेन्टीनमा रहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । मकवानपुरमै होम क्वारेन्टीनमा वस्नेहरु एक सय ६८ जना रहेका छन् । अधिकांश विदेशबाट फर्किएकाहरु रहेका छन् ।
कोरोनाको संका लागेकाहरुलाई होम क्वारेन्टीनमा वस्नका लागि मकवानपुरका १० वटै स्थानीय तहले पनि प्राथमिकता दिन थालेका छन् । स्थानीय तहले निर्माण गरेका क्वारेन्टीनमा पनि राख्ने गरिएको छ । कोरोनाको जाँचका लागि स्वाब परिक्षण गर्न दिएर होम क्वारेन्टीनमा वस्न भन्ने गरिएको छ ।
होम क्वोन्टीनमा सबै भन्दा वढी धादिङ जिल्लामा ४ सय १२ जना रहेका छन् । स्थानीय तह र प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टीनमा धेरै खालका असुबिधा भएपछी होम क्वारेन्टीनलाई प्राथमिकता दिइएको हो । मकवानपुरको हेटौंडामा निर्माण गरिएका क्वारेन्टीन भने धेरैजसो मापदण्ड पुरा गरेका छन् ।