श्रेष्ठ दम्पत्तिद्धारा घरभाडा मिनाहा

गुगलपाटी संवाददाता
२ असार २०७७ ०८:११

हेटौंडा उपमहानगरपालिका—४ स्थित स्कुल रोडका एक दम्पत्तीले एक महिनाको घर भाडा मिनाहा गरेका छन् । स्कुल रोडका वासिन्दा राम बहादुर श्रेष्ठ र कृष्णमाया दम्पत्तिले ४ वटा घरका बैशाख महिनाको घरभाडा मिनाहा गरेका हुन । विभिन्न व्यवसाय गरेर आफनो घरमा भाडामा वस्दै आएका व्यवसायीहरुलाई लकडाउनका कारण भाडा तिर्न समस्या भएकाले वैशाख महिनाको भाडा मिनाहा गरेको श्रेष्ठले वताए । लकडाउनको अवधि लामो भएकाले व्यवसायीहरुको आफनो कारोवार केही पनि नभएकाले श्रेष्ठ दम्पत्तीले भाडा मिनाहा गरेका हुन् । उनको घरमा होटल, टयुशन सेन्टर, फेन्सी, कष्मेटिकका पसल र कोठा भाडामा लिएर वसेकाहरु छन् । भाडामा बस्नेहरुलाई थोरै भएपनि राहत पुगोस भनेर श्रेष्ठ दम्पत्तिले भाडा मिनाहा गरेकाहुन् । भाडा छुट गरेकोमा व्यवसायीहरु निकै खुशी भएका छन् । कोरोना भाइरस कोभिड १९ ले अहिले विश्वनै आक्रान्त भएको र सरकार एवं बैक तथा वित्तिय संस्थाहरुले व्यापारीलाई कर तथा बैक किस्ता तिर्नु भन्दै गर्दा एक महिनाको घरभाडा छुटवाट थोरै भए पनि राहत मिलेको व्यवसायीहरुले वताए । यस अघि सरकारले शहरी क्षेत्रमा एक महिनाको घरभाडा मिनाहा गर्न सम्बन्धित घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।