बालविवाह गर्नेलाई कडा सजाय

गुगलपाटी संवाददाता
१० असार २०७७ ११:०८

सुरेन्द्र श्रेष्ठ

नेपालको नयाँ कानुन, मुलुकी फौजदारी अपराध संहिता २०७५ लागु भए संगै विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । २० वर्ष नपुगी विवाह गरेमा त्यसलाई बालविवाह भन्ने गरिन्छ । कानुनी रुपमा अवैधानिक भएको बुझिन्छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा १७३ मा बालविवाह सम्वन्धी व्यवस्था छ । बालविवाह गर्ने गराउने ब्यक्तिलाई तिन वर्ष सम्म कैद र तीस हजार रुपैंयासम्म जरिवाना हुने ब्यवस्था रहेको छ ।
नयाँ संहिता लागु भए पश्चात जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको तथ्याङ्क हेर्दा बालविवाहको कुनै पनि मुद्दा दर्ता भएका छैनन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा हराएका बालबालिकाको तथ्याङ्क हेर्दा आ.व. २०७४÷०७५ मा ६८ जना, आ.व. २०७५÷०७६ मा १०६ जना र आ.व. २०७६÷०७७ को जेठ मसान्त सम्म ६० जना गरी ३ वर्ष भन्दा कम समयमा २३४ जना बालिका हराएको निबेदन परेको छ । हराएका २३४ मध्ये आ.व. २०७६÷०७७ का ४ जना मात्र फेला पर्न बाँकी छ , फेला परेका २३० जनापरिवारको सम्पर्कमा रहेको छन् । अधिकांश फेलापरेका बालिकाहरुको उमेर १६ देखी १९ रहेको पाइएको छ ।
नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन–नेपाल),मकवानपुरको तथ्याङ्क अनुसार आ.व. २०७४÷७५ मा १७, आ.व. २०७५ ÷७६ मा २५ र आ.व. २०७६÷७७ को जेठ मसान्त सम्म ५७ गरि ३ वर्ष भन्दा कम समय अवधीमा ९९ वटा बालविवाह हुन बाट रोकेको छ । मकवानपुरको सबै स्थानिय तहहरुमा बालविवाह हुनबाट रोकिएको छ । जस मध्ये बकैया गाऊँपालिका र भिमफेदी गाऊँपालिका अग्रस्थानमा रहेको छ । सिविन–नेपालले बालबिबाह हुन लागेको बालिकालाई उद्दार गरेर जनप्रतिनिधीको रोहबरमा सिविन बाल हेल्पलाईनमा ल्याई सामान्यतया एक हप्ता सम्म मनोविर्मस, सचेतना तथा अभिमुखिकरण गर्ने गरेको छ । मनोविर्मस पछि बालिकालाई जनप्रतिनिधीकै रोहबरमा पुर्नरस्थापना, आवस्यकता र ईच्छा अनुसार बिद्यालय भर्ना, छात्रवृति प्रदान तथा टेलिफोन मार्फत नियमित फोलोअप गर्ने गरेको हेल्पलाईनका संचालकहरुले बताएका छन् ।
प्रहरी तथा महिला तथा बालबालिकासंग सरोकार राख्ने संस्थाहरुका प्रतिनिधीहरुले फेला परेका अधिकांश बालिकाहरु (प्रेमी संग भागेका) लाई बिहे गर्ने उमेर, २० बर्ष नपुग्दै भएको बिबाहले कानुनी मान्यता नपाउने (बिबाह दर्ता नहुने), कम उमेरमा भएका बिवाह असफल भएका उदाहरणहरु, कम उमेरमा गर्भ रहन गएमा हुनसक्ने जटिलताहरु हुन् । बिवाह जिवनको एक महत्वपुर्ण चरण हो । सोच बिचार परिपक्क भएर मात्र वैवाहिक सम्बन्ध गाँसेमा राम्रो हुन्छ । १८ वर्ष मुनी सहमतिमा गरिएको शारिरिक सम्पर्क पनि जबरजस्ती करणी हुने, बालक तथा बालिकालाई अब बिहे गर्ने उमेर पुग्न केही वर्ष मात्र बाँकिरहेको, समय समयमा भेटघाट गर्न सकिन्छ, सामाजिक संजालमा भिडियो च्याट गर्न सकिने, अझ केही समय संगै बिताए एक अर्कालाई राम्रोसंग बुझ्ने मौका पाईने, केही चिनजान पछीको सम्बन्ध झन बलियो र अटुट् हुने भनी परार्मश गर्ने गरेका छौ । अभिवाबकहरुले पनि आफनो छोरीसंग रिसाउन, गाली गलोच गर्ने बानिहटाई युवा अवस्थामा आईपुगेको छोरीलाई सम्झाई बुझाई र माया गरी साथीको जस्तो व्यवहार गर्नु नै आफ्ना छोरा छरीलाई गलत बाटोबाट बचाउन सकिन्छ भन्ने कुरा बुझ्न जरुरी छ । छोरा छोरीको बानी व्यहोरा, साथी संगती, नियमित कृयाकलापहरु पनि अभिभावकले ध्यान दिन जरुरी छ भन्ने जस्ता कुराहरु परार्मसको रुपमा हामिले बताउने गरेका छौ ।
विवाह गर्ने उमेर २० वर्ष तोक्नुको मुख्य कारण यो उमेर सम्म आईपुग्दा शारिरिक, मानसिक तथा भावानात्मक रुपमा परिपक्क हुन्छ भनेर नै हो । शारिरिक तथा मानसिक समस्यालाई ख्यालमा राख्ने हो भने विवाह गर्ने उमेर २० वर्ष ठिक हो । देशको विभिन्न ठाउँहरुमा २० वर्ष नपुगि भएका विवाहहरुले पनि सामाजिक मान्यता नपाएको भने होईनन् । तथापि यस्ता विषयहरुमा सरोकारवाला सम्पूर्ण निकायहरुको ध्यान जानु त्यतिकै महत्वपूण हुन्छ । नेपाल जस्तो सामाजिक, साँस्कृतिक, आर्थिक अवस्था भएको देशमा बिबाहको उमेर २० वर्ष तोक्नु कति व्यावाहारिक छ ? मकवानपुरमा २० वर्ष मुनीका कुनै पनि बालबालिकाको विवाह नभएकै हो ? भन्ने प्रश्न रहन सक्छ । तर आजको यस प्रविधीयुक्त, सामाजिक संजालले व्यापकता पाएको समयमा १४÷१५ वर्षको उमेर देखी नै प्रेमीप्रेमीका बनाएर हिड्छन । शारिरिक सम्वन्धप्रेम सम्बन्ध पछीको अर्को चरण हो । शारिरिक सम्बन्धका कारण गोपनियता भंग हुने तथा असुरक्षित गर्भधारण हुने कारणले बालिकाहरु भाग्न, हराउन तथा अपरिपक्व निर्णयहरु लिन बाध्य हुन्छन् । आफ्नो छोरीको प्रेम सम्बन्ध थाहा पाएपछी अभिभाबकले दिनँहु जस्तो मानसिक र शारिरिक तनाब दिने हुदाँ तनाब सहन नसकी पनि बालिकाहरु घरबाट भाग्ने गर्छन् । केही बालिकाहरु घरायसी समस्या, लागुऔषध दुव्र्यसनी, यौन चाहाना पुरा गर्न, खराब साथी संगतका कारण पनि हराउने गर्छन । यौवन अवस्थामा हराएका बालिकाहरु प्रेमिसंगै भागेको पाईएको छ । यसरी फेला परेका बालिकाहरु पछि गएर पनि आफनै प्रेमी संग गएको पाईएका छन् । अभिभाबकहरुले पनि आफ्नो छोरीको सम्बन्ध समाजले थाहा पाएको, मान–सम्मान, ईज्जत–प्रतिष्ठा बचाउन केटा आफ्नै जातको वा उच्च जातको भए छोरीलाई प्रेमीसंगै जिम्मा लगाएर पठाउने मनस्थिती बनाएर आउने पाईएको छ । १८ वर्ष मुनिका बालिकासंग सहमतिमा नै हुने शारिरिक सम्पर्क पनि कानुनी रुपमा जबरजस्ती करणी हुने भएकोले जबरजस्ती करणीको संख्या पनि बढ्दो क्रममा रहेको छ । सामाजिक सचेतनाको स्तरमा हुने फरकपनले पनि कानुनी कार्यान्वयनमा समस्या देखिएका छन । केही जिल्लाहरुमा विवाहको उमेर घटाउनुपर्ने भनेर प्रशासनको ध्यान आर्कसन गराईएको छ । सरकारले विवाहको उमेर संसोधन गर्नुपर्ने छ कि ? भन्ने प्रश्न उठिरहन्छ ।