साइबर अपराधमा फेसबुक प्रयोग सबैभन्दा बढी

गुगलपाटी संवाददाता
१७ असार २०७७ ११:३३

कुमारी स्याङ्बो
हेटौंडाः सामाजिक संजालको प्रयोग बढे संगै साइबर अपराधमा फेसबुक सबैभन्दा बढि प्रयोगमा आएका छन् । नेपालमा साइबर क्राइम सम्बन्धि घटना पनि बढ्दै गएका छन् । चालु आर्थिक वर्ष २०७६÷७७ मा मकवानपुरमा साइबर क्राइम सम्बन्धि झण्डै १ सय ३ वटा उजुरी परेका छन् ।
फेसबुक, टुइटर, इन्स्टा«ग्राम, भाइबर, इमो लागयतका सामाजिक सञ्जालबाट हुने अपराध बढेको मकवानपुर जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक इन्द्र बहादुर रानाले बताए ।
रानाका अनुसार चालु आर्थिक वर्ष श्रावण महिनामा साइबर क्राइम सम्बन्धि ७ वटा उजुरी परेको छ । त्यस्तै भदौमा ३ वटा, असोजमा १४ वटा उजुरी परेको जनाएको छ । कात्र्तिकमा ८ वटा उजुरी परेको छ ।
यसैगरि साइबर क्राइम सम्बन्धि मंसिरमा ८ वटा, पुषमा ५ वटा, माघमा ६ वटा र फाल्गुनमा १२ वटा उजुरी परेका छन् ।
त्यस्तै चालु आर्थिक वर्षको ४ महिनामा साइबर क्राइम सम्बन्धि २५ वटा उजुरी परेको छ । गत चैत्र महिनामा ४ वटा बैशाखमा ५ वटा उजुरी परेको छ । गत जेष्ठ महिनामा ९ वटा र असार १६ गतेसम्म ७ वटा उजुरी परेका छन् ।
यो आर्थिक वर्षमुनिका तीन महिनामै गतवर्षभरि भन्दा बढी उजुरी आएको प्रहरीले जनाएको छ । साइबर अपराधमा १८ वर्षमुनिका बालबालिका पनि पीडित भएको पाइएको छ ।
उनका अनुसार, अहिले इमेल गरेर धम्की दिने तथा नगद माग्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने, नाङ्गो तस्बिरमा व्यक्तिको मुहार जोडी सामाजिक संजालमा राखिदिने, अश्लिल सामाग्री पठाउने लगायतका अपराध भइरहेका छन् ।
त्यस्तै धम्की एसएमएस पठाउने, एसएमएस मार्फद जुवा, सरकारी तथा अन्य संस्थाको वेभसाइड ह्याकिङ गर्ने गरेको पाइएको प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
इन्टरनेटको प्रयोगबाट हिंसा फैलाउने, चरित्रहत्या लगायतका विभिन्न गतिविधी पनि गर्ने पाइएको प्रहरी निरिक्षक रानाले बताएको छ । नेपालमा सबैभन्दा बढि साइबर अपराध सामाजिक सञ्जालबाट हुने गरेको पाइएको उने भने । सामाजिक सञ्जालमा जति अपराध हुन्छन् त्यति सबै प्रहरी कहाँ नआउने गरेको रानाले बताए । अहिले साइबर क्राइम सम्बन्धि दिनँहु बढ्दै गएको छ ।
निजको असान्दार्भिक मुद्धाको लागि निवेदन पेश गर्नेहरुलाई संघिय कार्यालयमा पठाउने गरेको प्रहरी कार्यालयले बताए । निवेदन पेश गर्न आउनेहरुमा धेरै मात्रमा महिलाहरु बढि रहेको देखिन्छ । फेसबुक धेरै प्रयोग गर्ने आइडी शेयर गर्ने भएकोले मान्छेमा धेरै तनाव बढेको हो । साइबर क्राइम सम्बन्धि मुद्धा आएमा मकवानपुुर जिल्ला प्रहरी कार्यालयले पत्रचार गरि संघिय कार्यलयमा पठाउने गर्दछ । यसमा पनि सक्रिय युवा र पीडित भने महिला नै रहेका छन् ।
साइबर अपराधमा फेसबुक प्रयोग सबैभन्दा बढि देखिन्छ । साइबर अपराध सम्बन्धि मामिला हेर्ने हो भने इन्टरनेट दुरुपयोगका घटनामा युवतिहरु बढी पीडित छन् । प्रविधि र सामाजिक सञ्जाल विकाससंगै दुरुपयोग बढिरहेको छ । उजुरी दिन आउनेको त हुन्छ, दिन नआउने सयौं छन् ।
सुरक्षा र गोपनियताबारे थाहा पाउँदा पाउँदै पनि वास्ता नगर्ने र बदलाको भावना पुरा गर्न सजिलो माध्यम भएकाले सामाजिक सञ्जाल दुरुपयोग बढेको हो । देश संघिय प्रदेशमा गइसक्यो अब साइबर अपराध जस्तो संवेदनाशिल विषयका मुद्धा स्थानिय स्तरमा पनि हेर्न र कारवाही गर्न मिल्ने बताए अझ उचित हुने रानाको भनाई छ ।
नेपालमा फेसबुक, भाइबर जस्ता कम्पनिको स्टेशन नभएकाले पनि साइबर अपराध बढेको प्रहरीले बताउँछन् । इन्टरनेटको सर्भर अरुकै हातमा छ हामी सगं छैन । यसैकारण सुरक्षा र गोपनियतामा हामी चुकिरहेका छौ । यसले अपराधीलाई सजिलो र पीडितलाई उद्धारमा ल्याउन कठिनाई भएको छ ।
कम्प्युटर इन्टरनेट लगायत विद्युतिय सञ्चार माध्यममा नैतिकता, शिष्टाचारविरुद्ध सामग्री, कसैप्रति घृणा वा द्धेष फैलाउने सामग्री प्रकाशन गरे कडा सजाय दिनुपर्छ ।
इन्टरनेट प्रयोगअधिकार अनुसार कुनै पनि नागरिकले कुनै माध्यमबाट आफनो विचार, धारणा र अभिव्यक्ति दिन पाउने उल्लेख गरिएको छ । यहि विचार अभिव्यक्ति अधिकार माथि टेकेर अरुको मान, मर्यादामाथि अघात पु¥याउने, अश्लिल भिडियो तथा तस्विर बनाउने र पोस्ट गर्ने जस्ता समस्या फैलिँदै छन् ।
नेपालका अधिकांश जनताले फेसबुक चलाउँछन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिका देखि सबै उमेरका मान्छे साइबर अपराधको शिकार भइरहेका छन् ।
धेरै युवायुवतिहरु आफुमाथि सामाजिक सञ्जालमा भएका दुव्र्यवहारका घटना लिएर प्रहरी कार्यलयमा आउनेको संख्या बढ्दो छ । फेसबुक साइबर अपराधको सबभन्दा सजिलो माध्यम बनेको छ । सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु पर्ने होसियारीबारे ज्ञानको कमी, प्रविधि दुरुपयोग, बदला भावना र प्रलोभनले अपराध बढाइरहेको निरिक्षक छ ।
प्रहरीका अनुसार पासवर्ड गोप्य राख्ने, व्यक्तिगत विवरण नराख्ने, आएका लिंकमाथि सजिलै विश्वास नगर्ने, काम सकेपछि लगआउट गर्ने, बैंक कार्डका पास्वर्ड निरन्तर अपडेट गर्ने, इमेल र मोबाइलमा आउने आकर्षक उपहारका प्रलोभनमा नपर्ने , आफनो नामको इन्टरनेट सेवा अरुलाई प्रयोग गर्न नदिने बताएका छन् ।