बागमती प्रदेशमा हालसम्म ४२३ जना कोरोना संक्रमित, १७१ जना डिस्चार्ज

गुगलपाटी संवाददाता
१७ असार २०७७ ११:४३

बागमती प्रदेशमा हाल सम्म ४ सय २३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् ।

एक सय ७१ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या १३ हजार ५ सय ६७ जना नाघ्दा बागमती प्रदेशमा भने ४ सय २३ जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उहाँले वताउनुभयो ।