अमेरिकामा कोरोना संक्रमित ३० लाख नाघे
गुगलपाटी संवाददाताअमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा झण्डै ५० हजार संक्रमित थपिएसँगै अमेरिकामा कूल संक्रमितको संख्या ३० लाख ३९ हजार पुगेको हो। तीमध्ये १ लाख ३२ हजार ९ सय ५० जनाको मृत्यु भएको छ भने १३ लाख १० हजारभन्दा धेरै उपचारपछि स्वस्थ भएका छन्। ब्राजिलमा २१ हजार ४ सय संक्रमित थपिएसँगै त्यहाँ संक्रमितको संख्या १६ लाख २६ हजार पुगेको छ। ब्राजिलमा २४ घण्टामा ६ सय ५६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ६५ हजार ५ सय ५६ पुगेको छ। भारतमा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। हिजो ४ सय ७४ जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या २० हजार १ सय ७४ पुगेको हो। हिजो २२ हजार ५ सयभन्दा बढी संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ७ लाख २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा पेरुमा १ सय ८३, रसियामा १ सय ३५, मेक्सिकोमा २ सय ७३, इरानमा १ सय ६०, पाकिस्तानमा ५० जनाको मृत्यु भएको छ। विश्वभर संक्रमितको संख्या १ करोड १७ लाख ३१ हजार पुग्दा मृतकको संख्या ५ लाख ४० हजार बढी छ। ६६ लाख २३ हजार संक्रमित उपचारपछि स्वस्थ भएका छन्।