कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

गुगलपाटी संवाददाता
२३ असार २०७७ १२:२१

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ । गएको २४ घन्टामा २०४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार १६८ पुगेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

गएको २४ घन्टामा आरटी पीसीआर टेस्ट ६ हजार १३३ जनाको परीक्षण गरिएको छ । हालसम्म २ लाख ६१ हजार ८६१ जनाको पीसीआर भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २५ हजार ७२७ र आइसोलेसनमा रहनेको संख्या ८ हजार ६३४ जना रहेको छ ।

नयाँ संक्रमित हुनेहरुको जिल्लागत विवरण

बाजुरा ५४

काठमाडौं १४

अछाम ११

बैतडी ११

ललितपुर १०

महोत्तरी ९

धनुषा ८

अर्घाखाँची ८
डोटी ७
मोरङ ६
डडेलधुरा ६

रुकुम पश्चिम ५
नवलपरासी पश्चिम ५
सल्यान ५
सप्तरी ४

भक्तपुर ४
सुनसरी ३

गोरखा ३
मकवानपुर ३
सर्लाही ३
सुर्खेत ३
दाङ ३
तनहुँ २
पाल्पा २

बर्दिया २
झापा १
सिन्धुली १
धादिङ १
कास्की १
लमजुङ १
नुवाकोट १

पर्सा १

रामेछाप १

रुपन्देही १

बागलुङ १
कपिलवस्तु १
रुकुम पूर्व १

तपाईको प्रतिक्रिया