मकवानपुरका ३ जनालाई कोरोना सक्रमण

गुगलपाटी संवाददाता
२३ असार २०७७ १२:२५

मकवानपुरका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा र काठमाण्डौमा गरिएको परिक्षणमा तीन जनामा कोरोना देखिएको हो ।

पाटन अस्पतालमा भएको स्बाव परिक्षणको क्रममा एकजना र हेटौंडा स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको कोरोना परीक्षण ल्याबमा २ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित्र पत्रकार सम्मेलनमा डाक्टर जागेश्वर गौतममले जानकारी दिए । उनीहरु कहाँको भन्ने थप विवरण आएको छैन् ।

यो संगै देशभर कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । यसैगरि नेपालमा हालसम्म ७ हजार ४ सय ९९ जना संक्रमित निको भएर घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया