भिमफेदी गाउँपालिकाले दियो दलित र प्राबिधिक बिद्यार्र्थीलाई छात्रवृत्ति

गुगलपाटी संवाददाता
२३ असार २०७७ १२:४३

मकवानपुरको भिमफेदी गाउँपालिकाले स्थायी बसोबास रहि प्राबिधिक शिक्षा अध्ययन गर्ने बिद्यार्र्थीहरुलाइ छात्रवृत्ति बितरण गरेको छ ।

गाउँ पालिकाले आज एक कार्यक्रम आयोजना गरि जनही रु १० हजार र ९ हजार का दरले ३९ जना प्राबिधिक तर्फका बिद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरेको हो । सोही कार्यक्रममा दलित समुदायका २४ जना बिद्यार्र्थीहरुलाई पनि रु ३ हजार र ९ हवारका दरले छात्रवृत्ति बाँडेको हो ।
गाउँपालिकाले आ.व. ०७६÷७७ को बिनियोजित बजेट कार्यक्रमबाट प्राबिधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले छात्रवृत्ति दिइएको गाउँपालिकाका कार्यकारी प्रमुख जीवन कुवंरले बताए । कुवंरका अनुसार प्राबिधिक अध्यायनका लागि महंगो शुल्क तिर्नु पर्ने हुँदा परिवारलाइ आर्थिक बोझ हल्का होस भन्ने अभिप्रायले छात्रवृत्ति प्रदान गरेको हो ।

गाउँपालिकाको अध्यक्ष हिदम लामाले कार्यक्रममा बोल्दै दलित समुदायको शिक्षामा पहुँच पु¥याउन आफू कार्यरत रहेको बताए । सोही कार्यक्रममा पालिकाकी उपप्रमुख पार्बती रानाले अध्यक्ष लामाको जन्मदिनको शुभकामना पनि दिनुभयो । कार्यक्रम पालिकाका सामाजिक बिकास प्रमुख काशिराम बज्युको अध्यक्षता, पालिका अध्यक्ष हिदम लामाको प्रमुख अतिथ्यता, उपाध्यक्ष पार्बती रानाको बिशेष आतिथ्यता संचालन भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जीवन कुंवर तथा विभिन्न वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

छात्रवृत्ति लिनेमा २० जना १८ महिने सिभिल सब ओभर सियरका बिद्यार्थी, १ जना मेकानिकल बिद्यार्थि ३ बर्ष ओभर सियर, ३ बर्षे २ जना जे.टि.ए कृषि १८ महिने १५ जना जे.टि.ए कृषि ३ बर्षे १ जना गरि ३९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया