धारिलो हतियार प्रहार गर्ने मकवानपुरका एक पक्राउ

गुगलपाटी संवाददाता
२३ असार २०७७ १२:५८

मकवानपुरका एक पुरुषलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे खोपासी घर भएका ३५ वर्षीय सानु तामाङ रहेका छन् ।

उनलाई काठमाडौं महानगरपालिका–२१ जैसिदेवलबाट सोही ठाउँ बस्ने मकवानपुरका ३२ वर्षीय पुरुषलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घाइते पुरुषको भने नाम खुलेको छैन । तामाङले घाइते पुरुषबीच सामान्य विवाद हुँदा धारिलो हतियार प्रहार गरेका थिए ।

घाइते व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया