घरमै गएर विद्यार्थी पढाउँदै

गुगलपाटी संवाददाता
२४ असार २०७७ १२:२०

हेटौंडाः विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सबै क्षेत्रमा असर पुगेको छ । कोरोना भाइरसका कारण नेपालमा पनि प्राय सबै क्षेत्रमा ठूलो असर पुगेको छ । कोरोनाका कारण धेरै विद्यालयमा क्वारेन्टाइन तथा आइसोलेसन संचालन हुँदा शैक्षिक क्षेत्र सुचारु हुन सकेका छैनन् । सबै भन्दा बढी मारमा भोलीका कर्णधार मानिने बिद्यार्र्थीहरु परेका छन् ।
हेटौंडा उपमहानगरपालिका एक आधारभुत सामुदायिक विद्यालयले विद्यार्थीलाई पढ्ने बानीको विकास गर्न एवम् विद्यार्थीको शिक्षण सिकाईलाई निरन्तरता दिन विद्यार्थीको घरघरमै पुगेर गृहकार्य लिने कार्य सुरु गरेको छ ।
यस्तो परिस्थितीमा मकवानपुरको हेटौंडा १७ हटियामा रहेको बालबोध माध्यमिक विद्यालयका शिक्षकहरुले घर घरमै गएर पढाउन थालेका छन् । लामो समयदेखिको लकडाउनको कारण विद्यालय बन्द रहेका अवस्थामा विद्यार्थीहरुको मनोवैज्ञानिक ज्ञान बढाउन शिक्षकहरुले घरघरमा गएर पढाउन थालेको विद्यालयमा कार्यरत शिक्षक शिभ कार्कीले बताउनुभयो ।
विद्यार्थीको घरघरमा गएर गृहकार्य दिने, नबुझेको वा नजानेको कुरा सिकाउने, अभिभावक संग बालबालिकाकाबारे बुझने लगायतका कार्य गरिरहेको शिक्षक कार्कीले जानकारी दिनुभयो ।
सरकारले असार १ गतेबाट वैकल्पिक शिक्षण विधिबाट अध्ययन गर्न गराउन भनेको छ । त्यही अनुसार रेडियो, इन्टरनेट, टेलिभिजन लगायतका सामग्री नभएकाले घरघरमै गएर पढाउन थालिएको उहाँको भनाई छ । कसैको घरमा रेडियो छैन भने कोहीको घरमा टेलिभिजन इन्टरनेट हुने त कुरै भएन । त्यस्मा पनि घरमै गएर पढाउँदा निकै प्रभावकारी हुँदोरहेछ, शिक्षकहरुले भन्नुभयो ।
धेरै विद्यार्थी भएकाले प्रत्येकको घरमा दिनदिनै जान नसकिने भन्दै उहाँले भन्नुभयो, एउटा विद्यार्थीको घरमा ३÷४ दिन बिराएर जान्छौ । त्यो अवधिसम्म पुग्ने गृहकार्य दिन्छौ । अहिले अभिभावक पनि एकदम खुशि देखिएका छन् ।
गरीब, असहाय, जेहेन्दार विद्यार्थीलाई निशुल्क पढाउदै आएका विद्यालयले विद्यार्थीलाई आवश्यक किताब कापी कलम मात्र नभई पोसाक समेत विद्यालयले नै उपलब्ध गराउँदै आएको छ । “विद्यार्थीहरुसंग ईन्टरनेटको उपलब्धता नभएको साथै तल्लो तहका विद्यार्र्थीहरु शिक्षक अगाडी नभएसम्म नपढ्ने अथवा पढाईमा ध्यान नदिने हुनाले पनि हामीले यस्तो अनौपचारिक शिक्षाको अभ्यास गरेका हौं । कक्षा ९ र १० का लागि मंगलबार बाट अनलाइन कक्षा सञ्चालन हुँदै छ । उक्त विद्यालयमा हाल लगभग ४ सय विद्यार्थी रहेका छन् ।