बागमती प्रदेशमा २० हजारको पीसीआर परिक्षण
गुगलपाटी संवाददाताबागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को पीसीआर जाँचको कामलाई पछील्लो समयमा तिव्रता दिइएको छ । प्रदेशका १३ जिल्लामा प्रदेश सरकारले कोरोना परिक्षणमा तिव्रता दिइएको हो ।
कोरोना परिक्षणको अर्को विधि आरडीटी संगै पीसीआर जाँचलाई तिव्रता दिइएको हो । बागमती प्रदेशमा हाल सम्म २० हजार ७ सय ९६ जनाको पीसीआर जाँच गरिएको प्रदेशको सामाजिक विकसा मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो ।
प्रदेशका जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौमा पीसीआर जाँच गरिएको छ । काठमाण्डौमा ४ हजार ९ सय ६४ जनाको पीसीआर जाँच गरिएको उहाँले वताउनुभयो । त्यसैगरी ललितपुरमा २ हजार ३ सय ९ जना, भक्तपुरमा १ हजार ७ सय सय २३ जना, रसुवामा १ हजार ७ सय २३ जनाको पीसीआर जाँच गरिएको डाक्टर सेडाईले जानकारी दिनुभयो ।
त्यसैगरी नुवाकोटमा ६ सय २६ जना, धादिङमा १ हजार १ सय ४६ जना, चितवनमा ५ हजार ६ सय ५ जना, सिंधुलीमा ७ सय ५४ जना, मकवानपुर जिल्लामा १ हजार ३ सय १७ जना, रामेछापमा ४ सय ३५ जना, दोलखामा २ सय ९६ जना, काभ्रेमा ५ सय ६ जना र सिन्धुपाल्चोकमा ९ सय ९२ जनाको पीसीआर जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।