वर्षातले कुलेखानी सडकखण्ड अवरुद्ध
गुगलपाटी संवाददाताबिहिबार साँझ देखि परेको भारी वर्षाले विभिन्न स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ ।
भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
बिहानैदेखि अविरल वर्षा भइरहेको कारणबाट ठाउँठाउँमा गएको पहिरो पन्छाउन कठिनाइ उत्पन्न भएको र मौसम सुधार हुने बित्तिकै पहिरो पन्छाई भीमफेदी–कुलेखानी सडक यातायात सञ्चालन गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।