३३४ परिवारको स्वास्थ्य बिमा गरिदिने

गुगलपाटी संवाददाता
२६ असार २०७७ १४:३३

हेटौंडा उपमहानगरपालिकाले अति गरिब, दलित र सिमात्कृत ३ सय ३४ परिवारलाई स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको छ । आजको कार्यपालिकाको बैठकले अती गरिव परिवारका लागि स्वास्थ्य विमा गरिदिने निर्णय गरेको उपमहानगरपालिकाका मेयर मेयर हरिबहादुर महतले वताउनुभयो ।

रकम अभावका कारण सामान्य स्वास्थ्य उपचार समेत गराउनका लागि समस्या भएका परिवारलाई स्वास्थ्य विमा गरिदिन लागिएको मेयर महतले वताउनुभयो । नगरका कोही पनि नागरिक कुनैपनि रोग लागेमा एक लाख रुपैयाँ सम्मको उपचार गर्नका लागि विमा मार्फत औषधि र उपचार गर्न मिल्नेछ ।

नगरका १९ वटै वडाका अति गरिव परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गर्ने उदेस्यले बिमा गरिदिने निर्णय गरिएको मेयर महतले वताउनुभयो । बिमा गरिएपछी एक वर्षसम्म एक परिवारका पाँच जना सम्मले एक लाख रुपैयाँको औषधि र उपचार गर्न पाउनेछन् ।