मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधिवत शुरुवात, हेटौंडा अस्पतालमै प्रतिष्ठानको कार्यालय

गुगलपाटी संवाददाता
१ श्रावण २०७७ १४:०६

वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज विहिवारबाट विधिवत शुरुवात भएसैगै हेटौंडा अस्पताल प्रतिष्ठान मातहत रहने भएको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डोरमणि पौडेलले प्रतिष्ठानको काम कार्वाही शुरु भएको जानकारी गराउनुभयो ।
आज हेटौंडामा भएको प्रतिष्ठानको पहिलो सभामा आफ्नो धारणा राख्दै मुख्यमन्त्री तथा कुलपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठान वाग्मती प्रदेश सरकार र प्रदेशबासीको सपना पुरा भएको उल्लेख गर्दै खुशी व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्देश्य प्राप्तिकालागि पूर्णरुपमा समर्पित भएर कामगर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।
प्रदेशका सामाजिक विकास मन्त्री तथा प्रतिष्ठानका सहकुलपति युवराज दुलालले प्रतिष्ठानमा चाढैनै उपकुलपति तथा रजिष्ट्रार नियुक्त गरी काम कार्वाहीलाई अगाडि बढाइने जानकारी दिनुभयो । तत्काल हेटौंडा अस्पतालमै प्रतिष्ठानको कार्यालय रहने र प्रदेश मातहतका अन्य अस्पतालहरुलाई पनि प्रतिष्ठान मार्फत ल्याइने तयारी भैरहेको उहाँले वताउनु भयो ।
सभामा प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष तथा सभाका सदस्य श्याम बस्नेत, सामाजिक विकास मन्त्रालयका सचिव तथा सभाका सदस्य दीपक काफ्ले, मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यलयका सचिव तथा सभाका सदस्य डा. हरि लम्साल, र्आिर्थक मामिला तथा योजना मन्त्रालयका सचिव तथा सभाका सदस्य डा मुकुन्द पौडेल , हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महत लगायतको उपस्थिति रहेको थियो ।