विश्वमा कोरोना संक्रमितबाट मृत्यु हुने ६ लाख पुग्यो

गुगलपाटी संवाददाता
३ श्रावण २०७७ ०३:०६

विश्वभर कोरोना संक्रमितको संख्या तीब्र रुपले बढेको देखिएको छ । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार ४३१ जनाले कोरोनाका कारण मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । शनिबार बिहानसम्मको तथ्याङ अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ९८ हजार ४१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ३४ हजार ९७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै विश्वभर संक्रमितको संख्या १ करोड ४१ लाख ८९ हजार नाघेको छ ।

यसैगरि हालसम्म विश्वभर ८४ लाख ५५ हजार संक्रमित उपचार पछि कोरोना निको भएका छन् ।

तपाईको प्रतिक्रिया