हेटौंडा ५ मा रहेको कभर्ड हललाई आर्थिक सहयोग

गुगलपाटी संवाददाता
३ श्रावण २०७७ १०:५२

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेस्थित निमार्णाधीन बहुउपयोगी कभर्ड हललाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आर्थिक सहयोग गरेको छ । एकेडेमीले कभर्ड हललाई ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ । निमार्णाधिन कभर्ड हलमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको पिप्ले युवा क्लबका अध्यक्ष तथा कभर्ड हल निर्माण अभियानका अगुवा सुशील घिमिरेले बताउनुभयो ।

कार्यक्रममा मदन भण्डारी स्पोर्ट् एकेडेमी मकवानपुरका अध्यक्ष निरज सिंह ठकुरीले निर्माणाधीन कभर्ड हलले राष्ट्रलाई खेलकूदको माध्यमबाट अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल खेलाडी उत्पादन गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, ५ नम्वर वडा सदस्य ज्ञान बहादुर थापा, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पदाधिकारी तथा स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया