साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय नाकाबाट नेपाल प्रवेश रोक
गुगलपाटी संवाददातासरकारले छिमेकोलगायत अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्याएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो ।
छिमेको राष्ट्र लगायतका अरु राष्ट्रले चालेका सो रोगको संक्रमणबाट जोगाउन अपनाइएको नीतिअनुसार नेपालले पनि उक्त निर्णय लिइएको प्रवक्ता खतिवडा बताए । पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका बिहार, उत्तर प्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।
तर, जेठ १२ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी भएको असहज परिस्थितिमा स्वदेश आउनै पर्ने नागरिकहरूलाई भने तोकिएबमोजिम स्थलमार्गबाट प्रवेश दिइने प्रवक्ता खतिवडाले बताए । उनले जबर्जस्ती प्रवेश गरेमा वा प्रवेश गराएर लुकाउने काम गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिए ।
उनका अनुसार मालसामान ढुवानीको व्यवस्थालाई भने यथावत राखिएको छ ।
स्रोतः कान्तिपुर