बागमती प्रदेशका मन्त्री र सचिबका विचमा करार संझौता

गुगलपाटी संवाददाता
७ श्रावण २०७७ ११:३८

बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा गर्ने कामका विषयमा आज करार संझौता गरिएको छ । मन्त्री अरुण प्रसाद नेपाल र सचिब शिब कुमार वाग्लेका विचमा करार संझौता गरिएको हो ।

एक वर्षको अवधिमा गर्ने कामका विषयमा संझौतामा मन्त्री र सचिवले हत्ताक्षर समेत गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री नेपालले समयमानै काम सक्नेगरी करार संझौता गरिएको वताउनुभयो । यो संझौताले बजेटमा उल्लेख गरिएका कार्यक्रम समयमानै सक्नका लागि सहयोग पुग्ने वताउनुभयो ।

सबैमा काम गर्ने दायित्व बोध गर्नका लागि यो संझौता गरिएको वताउँदै मन्त्री नेपालले भन्नुभयो–‘हामिले अव के काम गछौ भन्ने यो प्रतिवद्धता हो । यो आर्थिक वर्षमा राम्रा कामले सफलता प्राप्त गर्नका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’

आजैको कार्यक्रममा मन्त्रालयका सचिब शिब कुमार वाग्लेले प्रदेश वन निर्देशक बिद्यानाथ झा र उद्योग निर्देशक कृष्ण प्रसाद दाहालका विचमा पनि करार संझौता गर्नुभएको छ ।