मनहरी ज्यामिरेमा सामुदायिक वनको भवन निर्माण सुरु

गुगलपाटी संवाददाता
८ श्रावण २०७७ ०९:३२

मनहरी–स्थापनाको २७ बर्षपछि मनहरी गाउँपालिका ९ स्थित ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहले पक्की भवन निर्माण थालेको छ ।

ज्यामिरेमा निर्माण हुन लागेको भवन अढाई तलाको रहेको छ । पहिलो बर्ष पहिलो तल्ला ढलान हुने गरी निर्माण थालिएको वन समूहका अध्यक्ष दीपक पुलामीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भवनको शिलान्यास गरिएको छ ।
भवनमा पहिलो बर्ष पहिलो तला ढलान भई एउटा कार्यकक्ष, सभा हल, स्टोर कक्ष रहने गरी व्यवस्थापन गरिने योजना रहेको बताइएको छ ।

अहिले वन विकास कोषको रकम सापटी स्वरुप ल्याएर भवन बनाउन थालिएको हो । उपभोक्तालाई काठ बिक्री गरेर संकलन हुने रकमले सापटी फिर्ता दिने गरी निर्माणमा लगाइएको अध्यक्ष पुलामीले जानकारी दिनुभयो ।

सिलान्यास कार्यक्रममा डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख दीर्घनारायण कोइराला, ९ नं वडा सदस्य गुप्तबहादुर थापा, कृष्णा विडारी, समूहका पूर्व अध्यक्षहरु, विभिन्न टोलहरुमा गठित संरक्षण उप समितिका संयोजक र उपभोक्ताहरुको सहभागिता रहेको थियो ।