क्याम्पाचौरमा वृक्षरोपण

गुगलपाटी संवाददाता
११ श्रावण २०७७ ०३:३२

हेटौंडाः अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनलमा आवद्ध लायन्स क्लब अफ हेटौंडा इन्टलेक्चुअलले शनिबार बिहान हेटौंडा–५, क्याम्पाचौरमा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । क्लबका अध्यक्ष भानुभक्त थपलियाको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का गभर्नर शम्भु नकर्मीको प्रमुख आतिथ्यमा वृक्षरोपण कार्यक्रम भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष राजेश बानिया“, क्याम्पाचौरको संरक्षण गर्दै आएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे, लायन्स क्लब अफ हेटौंडा इन्टलेक्चुअलका संस्थापक अध्यक्ष बीके महर्जनको उपस्थिति रहेको थियो । वृक्षरोपण कार्यक्रम शान्ता बरालको संयोजनमा भएको हो । क्याम्पाचौरमा विभिन्न प्रजातिका करिब २ सय वृक्षरोपण गरिँदैछ । पिप्ले युवा क्लबको अगुवाईमा क्याम्पा चौरको घेराबार गर्ने कार्य समेत भएको छ । लायन्स क्लबका गभर्नर शम्भु नकर्मीले लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ अन्तर्गतका चार सय भन्दा बढी लायन्स तथा लियो क्लबले शनिबार एक साथ वृक्षरोपण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया