सुनको भाउ आज पनि बढ्यो

गुगलपाटी संवाददाता
१४ श्रावण २०७७ ०९:३७

बुधबार पनि सुनको मुल्यमा वृद्धि भएको छ भने चाँदीमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्यमा प्रति तोला ३ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९८ हजार ५ सय पुगेको छ । यस अघि मंलगबार सुन प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ६५ पुगेको छ । त्यसैगरी बुधबार चाँदीको मुल्यमा भने गिरावट आएको छ ।

मंगलबार १२४५ प्रतितोला कारोबार भएको चाँदी बुधबार प्रति तोला २० रुपैयाँले घटेर १२२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया