सुनको भाउ लाखको नजिक

गुगलपाटी संवाददाता
१५ श्रावण २०७७ ०५:५२

बिहिबार पनि नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो दिनहरुमा सुनको मूल्यले लगातार बढेर झन्डै १ लाख नजिक पुगेको छ ।

बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढेर आज प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया